site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कसरी चुनिन्छन् समानुपातिक सांसद ? ३१ लाख मत गणना हुँदा ४ दलमात्रै थ्रेसहोल्ड ‘क्रस’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभा समानुपातिक मतमा एमालेले करिब ८० हजारभन्दा बढी मतको अग्रता लिएको छ । ३१ लाख १० हजार १९४ मत गणना हुँदासम्म प्रमुख ४ दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड क्रस गरेका छन् । 

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै थ्रेसहोल्ड क्रस गरेका हुन् । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिकको मतगणना भइरहेको छ । तर, २ नम्बर प्रदेशको कम मत गणना भएकाले सो प्रदेशमा पहिलो दल बनेको राजपाले पनि ३ प्रतिशत क्रस गर्ने सम्भावना देखिन्छ । 

अन्य, राप्रपा, विवेकशील, नयाँ शक्ति लगायतका पार्टीले ३ प्रतिशत पुर्याउन सक्ने सम्भावना बाँकी नै छ । एमालेले ११ लाख ४६ हजार ६८३ मत ल्याएको छ भने कांग्रेसले १० लाख ६५ हजार ४७६ मत ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यता तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख हजार ६३ हजार ९५ मत ल्याएको छ । त्यसैगरी चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ८२  हजार ४०९, पाँचौं स्थानमा रहेको विवेकशील साझा पार्टीले ६५ हजार ८२९ मत ल्याएको छ । 

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ६० हजार ८० मत ल्याएको छ। त्यस्तै नयाँ शक्तिले ३५ हजार ६४९, ६ हजार ५७८ राष्ट्रिय जनमोर्चाले २६ हजार ६३९ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २३ हजार ८०४ मत प्राप्त गरेको छ ।  त्यस्तै अन्य दलले ८७ हजार १७७ मत ल्याएका छन् ।

Global Ime bank

कसरी चुनिन्छन् समानुपातिक सांसद ?

समानुपातिकमा ३ प्रतिशत थ्रेसहोल्ड नकटाउने दलले सिट पाउने छैनन् । ती दलले प्राप्त गरेको मतबाहेक थ्रेसहोल्ड कटाउने दलबीच मतका आधारमा समानुपातिकको सिट बाँडफाँट हुन्छ । त्यसरी बाँकी रहेको मतलाई नै शतप्रतिशत मानी निर्धारित सिट सङ्ख्याका आधारमा दललाई सिट बाँडफाँट हुन्छ ।

सिट बाँडफाँट गर्दा तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलले प्राप्त गरेको मत कुल मतमा गणना हुँदैन ।   थ्रेसहोल्ड नकटाउने दलले पाएको मत काम नलाग्ने भएपछि बाँकी मत शतप्रतिशत मान्दा सिट पाउने अन्य दललाई केही फाइदा हुने देखिन्छ।  यसले सिट पाउन चाहिने न्यूनतम मत सङ्ख्यालाई कम गर्नेछ ।

दुई चरणका निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ मतदाता रहेकोमा १ करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको थियो ।  खसेको मतमा बदर मत पनि रहेको हुन्छ । यसमा सदर मतलाई आधार मानेर थ्रेसहोल्ड कटाउने दल र सदर मत छुट्याइन्छ ।

यो निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर हुने अनुमान गरिएको छ । जसअनुसार करिब १ करोड मत सदर हुँदा थ्रेसहोल्ड कटाएको दलले कम्तीमा ४ जना सांसद पाउन सक्छ ।
तर, प्रदेशसभाको हकमा भने तोकिएको एक दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाए पनि सिट पाउने ग्यारेन्टी भने हुन्न ।  किनभने मत विभाजक सूत्रअनुसार प्रदेशका लागि तोकिएको सिट बाँड्दा थ्रेसहोल्डका लागि तोकिएको मत प्रतिशतभन्दा सिटका लागि आवश्यक मत बढी हुनसक्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC