site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
हङकङले दियो नेपाललाई जितको लागि ८३ रनको लक्ष्य 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको दोस्रो खेलमा हङकङले नेपाललाई जितका लागि ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ । हङकङले दिएको ८३ रनको लक्ष्यसहित नेपालले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ । 
बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले पूरै ३५ ओभरमा ९ विकेट गुमाएर ८२ रन बनायो । खराब सुरुवात गरेको हङकङको सम्मानजनक स्कोरमा आर्यन शरद शेट्टीले २४ रनको योगदान गरे । शून्य रनमा ओपनर तेजनारायणलाई गुमाएको हङकङको लागि कालहन मार्क चल्लुले १६, आरुष भागवतले १२ रन जोड्दा कप्तान आदित गोरावाराले ७ रन बनाए । हङकङका ४ ब्याट्सम्यान सुन्य रनमा पेभेलियन फर्किएका थिए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका प्रतिष जिसीले ३ तथा अजय कुमार लोनियाले २ विकेट लिए । त्यस्तै निखिल कुमार सिंह र नारायण जोशीले समान १ – १  विकेट झारे ।
पहिलो खेलमा आयोजक थाइल्याण्डलाई पराजित गरेको नेपाल आज हङकङलाई पराजित गर्दै दोस्रो जितको खोजीमा रहनेछ । सोमबार भएको पहिलो खेलमा थाइल्याण्डलाई १३३ रनले पराजित गरेको नेपाल हङकङमाथि जित निकाल्दै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।
यता, नेपालविरुद्ध मैदान उत्रँदा हङकङ पनि लगातार दोस्रो जितको खोजीमा हुनेछ । नेपालको लागि समूहकै बलियो प्रतिद्वन्द्वी हङकङले सोमबार भएको पहिलो खेलमा म्यानमारलाई २१२ रनले पराजित गरेको थियो ।
एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘ए’ मा हङकङ २ अंकसहित शिर्ष स्थानमा छ । हङकङसँग समान २ अंक जोडेपनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । थाइल्याण्ड र म्यानमार अंक बिहिन छ ।
प्रतियोगिताको अन्तिम खेलमा नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । लिग खेलपछि समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ११:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC