site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
देउवाका ‘किचेन क्याबिनेट’ सहित प्रभावशाली नेता पराजित 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट फराकिलो मतअन्तरले विजयी भए पनि उनी नजिकका सबैजसो नेताहरु भने यसपटकको निर्वाचनमा पराजित भएका छन् ।

देउवाले २८४४६ मत प्राप्त गर्दा माओवादीका खगराज भट्टले २१४९८ मत प्राप्त गरेका थिए । 

कांग्रेसमा सभापति देउवापछि अर्का प्रभावशाली नेता प्रकाशमान सिंह मात्रै विजयी भएका छन् । बाँकी सबैजसो नेता पराजित हुन पुगे । 

Agni Group

देउवा नजिक रहेका पत्नी आरजु देउवा, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, रमेश लेखक, एनपी सावद लगायतका नेताहरु प्रतिनिधि सभा निर्वाचनमा पराजित भए ।

पत्नी आरजु राणा देउवा नेकपा एमालेका नारदमुनी रानासँग पराजित भईन् । राणाले २३३२२ मत प्राप्त गर्दा रानाले २७२०२ मत प्राप्त गरी विजयी भएका हुन् ।

Global Ime bank

कांग्रेसको किल्लाका रुपमा परिचित क्षेत्रबाटै सभापति एवम् प्रधानमन्त्री पत्नी आरजु पराजित भएकी हुन् ।

सभापति देउवालाई लामो समय साथ दिँदै आएका नेता विमलेन्द्र निधि राजपा नेपालका संयोजक मण्डलका सदस्य राजेन्द्र महतोसँग पराजित भए । आफ्नै निर्वाचन क्षेत्रमा अर्को जिल्लाबाट प्रतिस्पर्धा गर्न पुगेका महतोले निधिलाई पराजित गरिदिए ।

निधिले धनुषा ३ मा २७८४७ मत प्राप्त गर्दा महतोले ३०७५० मत प्राप्त गरेका थिए । 

देउवाका अर्का नजिकका नेता डा. प्रकाश शरण महत पनि काठमाडौं ५ बाट पराजित भए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलसँग उनी पराजित भएका हुन् ।
महत महासचिव पोखरेलसँग करिब १० हजार मतान्तरले पराजित भएका हुन् ।

पोखरेलले २३०२९ मत प्राप्त गर्दा महतले १३१६९ मत प्राप्त गरेका थिए । त्यसैगरी देउवाका अर्का नजिकका नेता रमेश लेखक पनि पराजित भए । उनी एमालेका डा. दीपक प्रकाश भट्टसँग पराजित भएका हुन् । 

भट्टले २६३६४ मत प्राप्त गर्दा लेखकले जम्मा २६१०६ मत प्राप्त गरेका थिए । देउवा निकट रहेका नेता अर्जुन नरसिंह केसी पनि एमालेकै नारायण खतिवडासँग पराजित भएका छन् । खतिवडाले ३६ हजार ८९२ मत ल्याउँदा  केसी २६ हजार ३३५ मतमा सीमित भए ।   

देउवाका निकटका अर्का नेता गोपालमान श्रेष्ठ पनि अहिले एमाले उमेदवार पद्मा अर्यालसँगको प्रतिस्पर्धामा पछि परेका छन् ।
देउवा नजिक नरहेका रामचन्द्र पौडेल, कृष्ण सिटौला, रामशरण महत, महेश आचार्य, शेखर कोइराला लगायतका नेताहरु पनि यसपटकको निर्वाचनमा पराजित भएका छन् ।
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC