site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रचण्ड भन्छन् ओलीनै प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कम्युनिस्ट गठबन्धन प्रचण्ड बहुमतबाट दुई तिहाइ नजिकै पुगेसँगै चितवन — ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुने खुलासा गरेका छन् । अन्नपूर्ण पोस्टले प्रकाशित गरेको विशेष वार्तामा दाहालले ‘भोलिको नेतृत्व कसले गर्ने भनेर दुई अध्यक्ष रहेको पार्टी एकता संयोजन समितिले निर्णय लिने भए पनि अहिले संख्याको हिसाबले एमालेले सरकारको नेतृत्व लिने कुरा सबैले बुझ्न सक्छन्’ भनेका छन् ।
 
अध्यक्ष दाहालका अनुसार एमाले तथा माओवादी केन्द्रको एकता अनायास भएको नभई गठबन्धन घोषणा हुनुभन्दा एक वर्ष अघिदेखि नै कुरा सकारात्मक हुँदै गएको र वार्ता चलिरहेको बताएका छन् । स्पष्टरूपमा नबताए पनि एमालेलाई माओवादीसँग मिल्न वैशाख र जेठमा भएको तीन चरणको स्थानीय निर्वाचनले विशेष भूमिका खेलेको दाहालको बुझाइ देखिन्छ । स्थानीय निर्वाचनमा माओवादी तेस्रो ठूलो दलको रूपमा सशक्त देखिएकाले पनि यो गठबन्धन गर्न एमाले तयार रहेको सो अन्तर्वार्ताबाट बुझ्न सकिन्छ ।
 
निर्वाचनको अपूर्व सफलतापछि पहिले एमाले तथा माओवादी केन्द्रबीच एकीकरण हुन्छ वा सरकार बन्छ भन्ने विषयमा भने दाहालले स्पष्ट जवाफ दिएका छैनन् । निर्वाचनको सबै परिणाम आइसकेपछि पार्टीको एकता संयोजन समिति तुरुन्तै बसेर निर्णय लिने उनले बताएका छन् । तर, पार्टी एकीकरण नभए पनि पार्टी एकताको सम्पूर्ण योजना कार्यक्रम बनाएर सरकार बन्ने भनेर उनले सरकार पहिले बन्ने कुरामा पनि सहमति जनाएको देखिन्छ । तथापि, पार्टी संयोजन समितिमा दुवै नेताको कार्यकारी भूमिका हुने भनेर दाहालले आफ्नो भूमिका कमजोर नहुने संकेत पनि गरेका छन् ।
 
एमाले–माओवादी एकता सरकार गठन पश्चात हुने भन्ने विषयमा राजधानीले पनि प्रथम पृष्ठको दोस्रो मुख्य समाचार बनाएको छ ।
 
प्रदेश २ मा मधेसी दलकै वर्चस्व
 

नागरिक दैनिकले प्रकाशित गरेको प्रथम पृष्ठको समाचारअनुसार नेपाली कांग्रेसले मधेसलाई आफ्नो आधार क्षेत्र मानेर आए पनि प्रदेश २ का ८ जिल्लामा रहेको प्रतिनिधि सभाको ३२ सिटमध्ये अधिकांशमा मधेसी दलकै वर्चस्व रहेको देखिएको छ । हालसम्म घोषित परिणाममा राष्ट्रिय जनता पार्टी (राजपा) ले १२ र संघीय समाजवादी फोरमले १२ सिट जितेका छन् । राजपा अध्यक्ष मण्डलका सबै ६ जना सदस्य, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, शरत्सिंह भण्डारी, राजकिशोर यादव तथा महेन्द्र राय यादव विजयी भएका छन् । राजपाले संघीय समाजवादी फोरमसँग चुनावी गठबन्धन गरेको थियो । फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि प्रतिनिधि सभामा आफ्नो स्थान सुरक्षित बनाएका छन् ।
 
बढीमा पाँचदेखि सात राष्ट्रिय पार्टी
 
राजधानी दैनिकले अहिलेको निर्वाचन परिणामको आधारमा बढीमा सातवटा राष्ट्रिय पार्टीको रूपमा रहने जनाएको छ । निर्वाचन आयोगको स्रोतलाई उल्लेख गर्दै राजधानी लेख्छ, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, नेपाल तथा राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय दल बन्ने निश्चित भइसकेको छ । त्यस्तै प्रत्यक्षमा १ सिट जितेका राप्रपा तथा नयाँ शक्ति पार्टीको पनि राष्ट्रिय पार्टी हुने संभावना अझै जीवितै रहेको पनि सो पत्रिकाले जनाएको छ ।
 
सरकारले बिहीवार प्रदेश प्रमुख तोक्ने
 
नयाँ पत्रिका, नागरिक दैनिक तथा राजधानीले दिएको समाचारअनुसार सरकारले सातवटा प्रदेशका लागि प्रदेश प्रमुख र प्रदेश बैठकस्थल तोक्ने अन्तिम तयारी गरेको छ । बिहीवार सरकारले यो निर्णय लिने कुरा नागरिकले जनाएको छ । स्रोतलाई उद्धृत गर्दै नागरिकले पूर्वप्रशासक, पूर्वउपकूलपति, निर्वाचन आयोगका पूर्वप्रमुखमध्येबाट प्रदेश प्रमुख तोक्ने तयारी सरकारले गरेको छ । नयाँ पत्रिकाले यो पदमा गैरराजनीतिक व्यक्तिलाई नियुक्त गर्ने मनसाय सरकारले बनाएको छ र मन्त्रिपरिषद्मा प्रधानमन्त्रीले यही सरकारले यो नियुक्ति गर्ने बताएको पनि सो दैनिकले जनाएको छ ।
 
समानुपातिकबाट ८० प्रतिशत महिला पर्ने
 
मंगलवार कान्तिपुरले प्रकाशित गरेको मुख्य समाचारमा सबै दलको समानुपातिक सूचीबाट ८० प्रतिशत महिला उमेदवार पर्ने अवस्था आएको बताएको छ । प्रत्यक्षतर्फको निर्वाचनमा हालसम्म प्रतिनिधि सभामा पाँच महिला उमेदवारमात्र विजयी भएर आएको तथा सुनसरी ३ तथा स्याङ्जा २ मा दुई महिलाको विजय निश्चित भइनसकेको अवस्था छ । नेपालको संविधान धारा ८४(८) मा संघीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्ने प्रावधान छ । त्यस्तै व्यवस्था संविधानको धारा १७६ (९) ले प्रदेश सभाको निम्ति पनि गरेको छ । यसरी हेर्दा समानुपातिक सूचीमा रहेका धेरै महिला निर्वाचित हुने संभावना बढेको छ । नयाँ पत्रिकाले पनि प्रतिनिधिसभामा निर्वाचित भएका पाँच महिलाको समाचार प्रकाशित गरेको छ । ललितपुर ३ बाट माओवादी केन्द्रकी पम्फा भुसाल, प्युठानबाट जनमोर्चाकी दुर्गा पौडेल, रुकमुपूर्वबाट माओवादी केन्द्रकी कमला रोका, झापा ५ बाट एमालेकी पवित्रा निरौला तथा कञ्चनपुर १ बाट माओवादी केन्द्रकी विना मगर निर्वाचित भएका छन् ।
 
सम्पादकीय
 

कान्तिपुरले मंगलवारको सम्पादकीय पृष्ठमा कांग्रेसले गनुपर्ने समीक्षा र सुधारको विषयलाई उठाएको छ । कांग्रेसको पार्टी जीवन आफ्नै नेतृत्वका कारणले संकटमा परेको भन्दै सभापति देउवा पार्टी सञ्चालन र देश सञ्चालन दुवैमा विफल देखिएको भन्दै धेरै केन्द्रीय नेताको पराजयले कांग्रेसको पुरानो पुस्ताप्रति नै जनतामा एकखाले वितृष्ण उत्पन्न भएको संकेत देखिएको भनेको छ । हिमालय टाइम्स दैनिकले भने कांग्रेसले पूरा गरेको जिम्मेवारीको उल्लेख गर्दै सम्पादकीय लेखेको छ । जतिसुकै प्रतिकूलतामा पनि कांग्रेस नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गराएको र प्रधानमन्त्रीले आफ्नो प्रतिबद्धता पूरा गरेका छन् भन्ने टाइम्सको टिप्पणी रहेको छ ।
 
नागरिक दैनिकले देशमा वामपन्थी सरकारको स्थापना हुँदैगर्दा वितरणमुखी सरकार नभई उत्पादनमुखी होस् भन्ने कामना र सल्लाह दिएको छ । राजधानीले पूर्वमन्त्रीको पराजयले पदमा बस्ने व्यक्ति जनताप्रति उत्तरदायी नभएका र आफूलाई तिनको सेवक नठान्ने कारण यस्तो नतिजा आएको टिप्पणी गरेको छ ।
 
नयाँ पत्रिकाले कैलालीको टिकापुरबाट विजयी रेशम चौधरीको विषयमा सम्पादकीय लेखेर उनीप्रति जनताको सहानुभूति देखिएको कुरालाई उपेक्षा गर्न मिल्दैन भन्दै पत्रिका चौधरीप्रति निकै संवेदनशील रहेको देखाएको छ । अहिले चर्चामा नै नभएको र अदालतमा विचाराधीन विषय उठाएर नयाँ पत्रिकाले एक प्रकारले हिम्मत गरेको छ । अन्नपूर्ण पोस्टले भने मानव अधिकारप्रति संवेदनशील हुन आह्वान गर्दै सम्पादकीय लेखेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC