site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दाङमा साढे २५ हजार मत बदर
Ghorahi CementGhorahi Cement

घोराही । दाङमा यही मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेश सभाको चुनावमा साढे २५ हजार मत बदर भएको छ । प्रतिनिधि सभाको चुनावमा १३ हजार ७ सय १६ र प्रदेश सभातर्फको चुनावमा ११ हजार ९ सय ६९ गरि २५ हजार ६ सय ८५ मत बदर भएको हो । दाङमा प्रतिनिधि सभाको चुनावमा खसेको २ लाख २९ हजार २ सय ७ मत मध्ये २ लाख १५ हजार ५ सय ७५ मत सदर र १३ हजार ७ सय १६ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ ।

बदर मत कुल खसेको मतको ५.९ प्रतिशत हो । त्यस्तै, प्रदेशसभातर्फ २ लाख २९ हजार २ सय ८० मत खसेकोमा २ लाख १७ हजार ३ सय ११ मत सदर भएको निर्वाचन कार्यालयका प्रमुख विजयकुमार कार्कीले जानकारी दिए ।

Agni Group

प्रदेशसभातर्फ ११ हजार ९ सय ६९ मत बदर भएको हो । यो खसेको मतको ५.२२ प्रतिशत हो । मत बदर हुनुमा मतदाता शिक्षा प्रभावकारी नहुनुलाई प्रमुख कारण मानिएको छ । निर्वाचन कार्यालयका प्रमुख कार्कीले ढिलो गरि मतदाता शिक्षा गाउँमा पुग्नु, प्रभाबकारी सिकाई नहुनु, मतदाताहरु धान भित्राउनेमा व्यस्त हुनु र सबै सरोकारवालाहरुले पनि सचेतना जगाउन नसक्नुले बढी मत बदर भएको बताए ।

मत बदर भएको पत्रलाई हेर्दा ७५ प्रतिशत मत एक भन्दा धेरै चुनाव चिन्हमा संकेत गरिएको पाईएको छ । एउटै मतपत्रका धेरै चुनाव चिन्हमा छाप लगाएको, औठा छाप लगाएको, फरक फरक मतपेटिकामा मतपत्र खसाएको र केहीमा नो भोट भनेर लेखिएको समेत फेला परेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC