site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको दोस्रो खेलमा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा आयोजक थाइल्याण्डलाई पराजित गरेको नेपालले हङकङसँग खेल्न लागेको हो ।

नेपाल र हङकङबिचको खेल नेपाली समय अनुसार अहिले केहीबेरपछि सुरु हुनेछ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा हुने दोस्रो खेलमा नेपाल हङकङलाई पराजित गर्दै दोस्रो जितको खोजीमा रहने छ । सोमबार भएको पहिलो खेलमा थाइल्याण्डलाई १३३ रनले पराजित गरेको नेपाल हङकङमाथि जित निकाल्दै दोस्रो चरणमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, नेपालविरुद्ध मैदान उत्रदा हङकङ पनि लगातार दोस्रो जितको खोजीमा हुने छ । नेपालको लागि समूहकै बलियो प्रतिद्वन्द्वी हङकङले सोमबार भएको पहिलो खेलमा म्यानमारलाई २१२ रनले पराजित गरेको थियो ।

एसियाका ८ राष्ट्रले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको समूह ‘ए’ मा हङकङ २ अंकसहित शिर्ष स्थानमा छ । हङकङसँग समान २ अंक जोडेपनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ । थाइल्याण्ड र म्यानमार अंक बिहिन छ ।

Global Ime bank

प्रतियोगिताको अन्तिम खेलमा नेपालले बिहिबार म्यानमारसँग खेल्नेछ । लिग खेलपछि समूहको शिर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।  समूह ‘बि’ मा मलेसिया, भुटान, चीन र सिंगापुर रहेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०७:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC