site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको जितमा नायक बनेका नारायण जोशी
Sarbottam CementSarbottam Cement

धनगढी ।  कुनैपनि खेलाडीको लागि राष्ट्रको जर्सीमा देशको प्रतिनिधित्व गर्दै मैदान उत्रनु गर्वको कुरा हुन्छ । र, सबै खेलाडीले राष्ट्रको जर्सीमा मैदान उत्रने मौका हतपत पाउँदैनन ।

देशको लागि मैदान उत्रने सौभाग्य कमै खेलाडीले पाउँछन् । अझ, देशको लागि डेब्यु खेलमा उत्कृष्ट प्रदर्शन गर्दै टोलीको जितमा नायक बन्ने अवसर पाउनु अहोभाग्य हो । तर, धनगढीका युवा  क्रिकेटर नारायण जोशीले डेब्यु खेलमा नायक बन्ने सौभाग्य पाए ।

एसियाली क्रिकेट परिसद (एसीसी) ले थाइल्याण्डमा संचालन गरिरहेको एसीसी यु–१६ इस्टर्न रिजनको पहिलो खेलमा नेपालले जित निकाल्दा नायक बने नारायण जोशी ।

Prabhu Bank
Agni Group
NIC Asia

आयोजक थाइल्याण्डविरुद्ध १३३ रनको फराकिलो जितमा नारायण म्यान अफ दि म्याच समेत चुनिए । र, अलराउन्डर नारायणले नेपालको लागि पहिलो खेलमै आफु प्रतिभाशाली रहेको प्रमाणित गरे ।

बैंककस्थित ट्रेडथाई मैदानमा नेपालले १७९ रनको स्कोर बनाउदा अलराउण्डर जोशी ब्याटिङमा भने जम्न सकेनन् । तर, जब नारायण बलिङ गर्न आए, थाइल्याण्डका ब्याट्सम्यान निरिह बने । नारायणको वलिङ जादु चल्दा नेपालले थाइल्याण्डलाई ४६ रनमा अलआउट गर्यो ।

Global Ime bank

टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि डेब्यु खेलमा नारायणले छैटौ नम्बरमा ब्याटिङको मौका पाए । नेपालले ५ विकेटको क्षतिमा १२० रन जोड्दा क्रिजमा आएका नारायण सातौं विकेटका रुपमा आउट भए । जतिबेला नेपालको स्कोर १२९ रन थियो । चिराङ फोङको वलमा कोकिएट च्यटवाङको हातवाट क्याच आउट हुनु अघि नारायणले १० बलमा ६ रन बनाएर पेलिभियन फर्किए । ६ रन बनाउदा नारायणको नाममा एक चौका रह्यो ।

उमेर समुहमा पनि कमजोर ब्याटिङ प्रदर्शन गरेको नेपाललाई जिताउन भने नारायणकै बलिङ निर्णायक भयो । थाइल्याण्डलाई ४६ रनमा समेट्नका लागि नारायण एक्लैले ५ विकेट लिए । ७ ओभर वलिङ गरेका उनले मात्र १७ रन खर्चिए ।

नारायणले थाईल्याण्डका सुरुवाती व्याट्सम्यान फिरीयोङ संचाई, थिराफाट कोङथोङ र कोङकिटाकोङ र रिङगोचाईलाई खाता खोल्न नदिएर शुन्यमै आउट गरे । रन आउटबाट चौथो विकेट गुमाएको थाईल्याण्डका लागि पाँचौ र छैटौ विकेट पनि नारायणले नै लिए । उनले लिएका ५ विकेटमा एक विकेट क्याच थियो भने चार जनालाई वोल्ड आउट गराए ।

नेपालको लागि डेब्यु खेलमै कसिलो बलिङ गरेपछि नारायणको चर्चा चुलिएको छ । डेब्यु खेलमै म्यान अफ दि म्याच भएपछि धनगढीमा रहेका उनका सहपाटीहरुमाझ नारायण चर्चाका पात्र बनेका छन् । धनगढी क्रिकेट एकेडेमीको उत्पादन नारायण ७ नम्बर प्रदेशबाट एसीसी यु – १६ टोलीमा पर्ने दुई खेलाडीमध्ये एक हुन् ।  यु–१६ टोलीमा धनगढीबाट नारायणसँगै सुवोध ऐर पनि टोलीमा परेका छन् ।

धनगढीस्थित ऐश्वर्य विद्या निकेतनमा पढ्ने वेलादेखि क्रिकेट खेल्ने नारायण कैलाली जिल्लामा आयोजना हुने विद्यालय स्तरीय प्रतियोगितामा धेरै पटक उत्कृष्ट खेलाडी भईसकेका छन । उनको उत्कृष्ट प्रदर्शन देखेर धनगढी क्रिकेट एकेडेमीले उनलाई तीन वर्षदेखि निशुल्क रुपमा छात्रवृति दिएर प्रशिक्षण दिईरहेको छ । नारायण धनगढी क्रिकेट लिगमा टीम क्याम्पसरोडवाट अक्सनमा खरिद भएर उमेर समुहमै सिनियर खेलाडीहरुसँग खेल्दै आएका थिए ।

धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमीमा अध्यानरत नारायण क्रिकेटमा सम्भावना बोकेका युवा प्रतिभा भएकै कारण छात्रवृतिमा पढिरहेका छन् । नारायणको प्रतिभा देखेरै देशकै सर्वा्धिक ठुलो धनराशीको क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको सुदरपश्चिमाञ्चल एकेडेमीले उनलाई निशुल्क अध्ययनको व्यवस्था गरेको हो ।

थाइल्याण्डमा नारायणको प्रदर्शनपछि एकेडमीका निर्देशक तथा धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले नारायणले पहिलो खेलमै आफ्नो क्षमता देखाएको र उनको प्रदर्शनबाट धनगढीबासीखुशी रहेको बताए ।  नारायणको पहिलो अन्तराष्ट्रिय प्रदर्शनको प्रशंसा गर्दै अध्यक्ष शाहीले भने, “नारायणले आफ्नो क्षमतालाई अन्तराष्ट्रिय स्तरसम्म पुर्याउँदै उत्कष्ट खेल कौशलता देखाएको छ । नारायणको आगामी खेलमा अझ राम्रो प्रदर्शन हुने आशा राखेको छु ।”
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC