site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
उत्तर कोरियाविरुद्ध दक्षिणको नयाँ हतियार ‘ड्रोन–बोट्स’ !, लडाईँको स्वरुप नै फेरिने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनमाथि कुनै पनि अन्तर्राष्ट्रिय दबाबले काम नगरिरहेका बेला दक्षिणले पनि यसका लागि छुट्टै तयारी गरिरहेको बताएको छ । बारम्बार प्रतिबन्ध लगाइए पनि लगातार आणविक हतियार र मिसाइल परीक्षणमै व्यस्त भइरहेको उत्तर कोरियाको सम्भावित् आक्रमणबाट बच्न दक्षिणले आधुनिक साधनको मद्दत लिने बताएको हो । 

दक्षिण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार आगामी २०१८ को अन्त्य सम्ममा उनीहरुले मानवरहित विमान, ‘ड्रोन रोबोट’ को एउटा फौज तयार पार्नेछन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यसरी तयार गरिने ड्रोन रोबोटको फौजले आजसम्म हुँदै आइरहेका सम्पूर्ण लडाई र युद्धहरुको स्वरुप नै फेरिदिने बताइएको छ । लडाईको यो नयाँ तरिकाबाट दक्षिण कोरियाले जासूसी र प्रतिरक्षाको क्षमता वृद्धि गराउन सक्नेछ । दक्षिणका अधिकारीहरुले बताएअनुसार उत्तर कोरियाको गतिविधि हेरेर यस्ता आधुनिक यन्त्रमा छिट्टै नै अग्रता हासिल गर्न जरुरी भइसकेको छ । 

यता दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले भने देशमा आणविक हतियारको निर्माणमा रोक लगाइरहेका छन् । अहिले उनी देशका सेनाहरुको सङ्ख्या घटाएर प्राविधिक विकासतर्फ मात्र बढी केन्द्रित भइरहेका छन् ।  यस्तोमा उनका नजिकी अधिकारीहरुले भने उनलाई उत्तर कोरियासँग हतियार र ताकतको सन्तुलन भएमात्र कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्न सकिन्छ भन्दै दबाब दिइरहेका छन् ।

Global Ime bank

त्यसकारण पनि सेनाको शक्ति बराबरको ड्रोन रोबोटको विकासलाई वृद्धि गराउन जोड दिइएको छ । त्यसमा बम राखेर हमला समेत गर्न सकिने भएकाले पनि यो तरिका प्रभावकारी साबित हुने प्रविधिक अधिकारीहरुले दाबी गरेका छन् ।

दक्षिण कोरियाले निर्माण गर्न लागेको ड्रोन इजरायलले २०१० मा बनाएको मोडलजस्तो हुने बताइएको छ । भाविष्यका खतरालाई हेरेर केही नयाँ योजना बनाउनै पर्ने भएकाले पनि दक्षिण कोरियाले यो नयाँ प्रविधि अपनाउन लागेको बताइएको छ । प्राविधिक विज्ञहरुका अनुसार हजारौँ ड्रोनहरुलाई एक अर्कासँग सम्पर्कमा राखेर एकैसाथ उडाउने हो भने यसको माध्यमले वरिपरिका विमान वा जहाजहरुलाई समेत रोक्न सकिनेछ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ०४:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC