site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेलायतले यूरोपियन यूनियन छाड्नेबारे प्रधानमन्त्री टेरेजा आशावादी
Sarbottam CementSarbottam Cement

काठमाडौं । गतसाता बेलायतले, यूरोपियन यूनियनबाट निस्कन गरेको ब्रेक्जिट सम्झौता सम्बन्धी वार्ता अन्तिम चरणमा पुगेर व्यावसायिक छलफल मात्र गर्न बाँकी भएको बताइएको थियो । यसैबीच यूरोपियन यूनियनसँगको सम्बन्ध विच्छेद रकमको पनि ठूलो चर्चा भएको हो । बेलायतले यूरोपियन यूनियन छाडेकामा ३५ देखि ३९ बिलियन पाउन्ड बराबरको रकम तिर्नुपर्ने खबर सार्वजनिक भएसँगै बेलायती प्रधानमन्त्री टेरेजा मेले चारैतिरबाट दबाबको सामना गर्नुपरेको थियो । यसैबारेमा बिहीबार बस्ने भनिएको बैठकमा भविष्यका धेरै विषयबारे छलफल गरिने टेरेजाले बताएकी छन् । उनको यस बयानपछि उनी ब्रेक्जिट सम्झौताबारे अझै आशावादी रहेको प्रस्ट देखिन्छ ।  
२०१६ मा ब्रिटेनले यूरोपियन यूनियनबाट बाहिरिने ब्रेक्जिट सम्झौतामा बहुमत हासिल गरेपछि यो विषय लामो समयसम्म विवादित बन्न पुगेको थियो । अहिले यसबारेमा भएका वार्ता सफल हुँदै जाँदा यसका परिणामबारे थुप्रै प्रतिक्रियाहरु आइरहेका छन् ।

पहिलो  चरणको वार्तापछि अब व्यवसायिक छलफल गर्न बिहिबार अर्को बैठक बस्ने बताइएको छ । यता ब्रिटेन यूरोपियन यूनियनबाट छुट्टिने लगभग पक्का देखिएपछि उत्तरी आयरल्यान्डको भविष्य चाहिँ अनिश्चित बन्दै गएकामा धेरैले चिन्ता व्यक्त गरेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

अहिले ब्रिटेन यूरोपियन यूनियनबाट बाहिरिने भएपछि उत्तरी आयरल्यान्डमा यसले पार्ने नकारात्मक प्रभाव सम्बन्धी धेरै कुरा भइरहेका छन् । सीमा क्षेत्रलाई लिएर सबैभन्दा प्रमुख समस्या आइलाग्ने भएपछि प्रधानमन्त्री टेरेजा आफ्नै पार्टीबाट समेत आलोचित भएकी थिइन् । यसका साथै ब्रिटेन र रिपब्लिक अफ आयरल्यान्डको अनि अर्कोतर्फ उत्तरी आयरल्यान्ड र रिपब्लिक आयरल्यान्डबीचको सम्बन्धलाई जोगाउनु पनि ब्रेक्जिट सम्झौताका लागि ठूलो चुनौति हुनेछ । 

यस बारेमा ब्रिटेनकी प्रधानमन्त्री टेरेजाले आइरिस सीमा क्षेत्रको समस्यालाई समाधान गर्ने र दुई देशबीचको कूटनीतिक सम्बन्ध पनि नबिगार्ने वचन दिएकी छन् । उनले भनिन् , ‘ यो प्रक्रिया धेरै कठिन हुनेछ भनेर म पहिलेदेखि नै तयारी अवस्थामा थिएँ । यसमा यूरोपियन यूनियन र बेलायत एकसाथ हुने हो भने यसले दुवैका लागि राम्रो नतिजा ल्याउनेछ । त्यसैले पनि हाम्रो वार्ता सफल हुन सकेको हो । यो प्रक्रिया सुरु हुनु अघि हामीले यत्तिको सफलता हासिल गर्न सक्नेछौँ भन्ने कसैले सोचेको थिएन । त्यसकारण अब यसलाई सम्भव बनाउन थोरै कार्यहरु मात्र बाँकी छन् ।’ आगामी २०१९ को मार्च महिनाभित्रै बेलायतले यूरोपियन यूनियन छाड्ने जानकारी दिइएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०७४  ००:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC