site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पुस ८ गतेदेखि चार सहरमा एनसेल मेला हुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । एनसेल प्रा. लि.ले देशको विभिन्न चार सहरहरुमा पुस ८ देखि एनसेल मेला २०७४ को आयोजना गर्ने भएको छ । आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुँदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्न,  एनसेलले पोखरा, विराटनगर, बुटवल र

ललितपुरमा एनसेल मेला आयोजना गर्न लागेको जानकारी दिएको छ ।

यी चारै सहरहरुमा एनसेलले छोटो अवधिमा नै आफ्नो फोरजी सेवा विस्तार गरिसकेको जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

मेलामा गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुने र चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुति रहने एनसेलले जनाएको छ ।
पुस ८ गते पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजार,१५ गते विराटनगरको हाटखोलामा, २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजना हुनेछ । 

यी प्रत्येक शहरमा मेला बिहान ११ बजे शुरु हुनेछ र कन्सर्टसहित साँझ साढे ६ बजेसम्म चल्नेछ ।

Global Ime bank

मेलामा आउने सबै उमेर समुहका दर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखि विभिन्न कार्यक्रमहरु समावेश गरिएका छन् । मेलामा प्रवेश निःशुल्क हुने एनसेलले जनाएको छ ।

बालबालिकाहरुको गायन प्रतिभा उजागर गर्न मेलामा ‘लिटल नेपाली आइडल’ कार्यक्रमको पनि आयोजना गरिने भएको छ । 

मेलाको अरु आकर्षणहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेस जस्ता फोरजी थिममा आधारित गेम्सहरु हुनेछन् भने बालबालिकाहरुका लागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकार्षणहरु रहनेछन् । 

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमा पुगिसकेको एनसेलको फोरजी सेवाको बारेमा पनि थप जानकारी लिनुका साथै विषेश एनसेल फोरजी जोनमा फोरजी चलाएर टेष्ट पनि गर्न सक्ने एनसेलले जनाएको छ ।

मेलामा कलाकारहरु शिव परियार, इन्दिरा जोशी,  आषिश राना (लाउरे), सांगीतिक समुहहरुमा कबवेभ, द एज र स्याडोज्ले आफ्नो प्रस्तुति राख्नेछन् ।

“हामी सन् २०१७ को बिदाई नजिक छौ । यो समय भनेको सबै साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै नयाँ वर्ष २०१८ को स्वागत गर्ने बेला हो,” एनसेलका प्रमुख कर्मशियल अधिकृत कोकलियोङ् यापले भने,“हामीलाई आशा छ सबै जना आ(आफ्ना साथीभाई र परिवारका साथ यो मेलामा सहभागि भई रमाईलो गर्नु हुनेछ । मेलामा चर्चित कलाकारहरुको प्रस्तुति बाहेक अन्य थुप्रै रमाईला कार्यक्रमहरु पनि समावेश गरिएका छन् । मेलामा आउन नसक्नेहरुले पनि हाम्रो १९ शहरहरुमा फैलिएको फोरजी नेटवर्क मार्फत ‘योण्डर म्युजिक’ र ‘आईफ्लिक्स’ मुभिज्को मजा लिनुहुनेछ भन्ने आशा लिएका छौ । ”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  १९:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC