site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
लघुकथा समाजद्वारा दाताको कदर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । लघुकथा समाज नेपालले २०७४ सालमा प्रकाशित लघुकथाहरुको संग्रह आजका लघुकथाको प्रकाशनका लागि आर्थिक सहयोग गर्ने युवा समाजसेवी वीरबहादुर राईलाई आइतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै कदरपत्र प्रदान गरेको छ ।

विगत आठ वर्षदेखि संयुक्त अरब इमरेड्समा रही वैदेशिक रोजगारीमा संलग्न राईले आफ्नो थाँतथलो खोटाङ तिर समाजसेवा समेत गर्दै आएका छन् । कार्यक्रममा राईले आफूले लघुकथा समाजलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने बताए । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले वीरबहादुर राईको सहयोग अतुलनीय रहेको उल्लेख गरे ।

कार्यक्रममा लघकथाकारहरु सुमन सौरभ, तुलसीहरि कोइराला, श्रीराम राई, सुष्मा मानन्धर, सिन्धु गौतम, धु्रब मधिकर्मी, त्रिभुवनचन्द्र वाग्लेले लघुकथा वाचन गरेका थिए भने वाचित लघुकथाहरुमाथि समालोचक डा. लक्ष्मण गौतमले समीक्षात्मक टिप्पणी गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  ०८:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC