site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
ठूला नेताविरुद्ध अन्तर्घात !
Sarbottam CementSarbottam Cement

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) तथा नेपाली कांग्रेसका तीन ठूला नेताको पराजयसँगै पार्टीभित्रैबाट अन्तर्घातको आरोप पनि बाहिर आएको छ । अन्तर्घातले पराजित भएको भनेर शंका गरिएका सबैभन्दा ठूला नाममा एमालेका उपाध्यक्ष वामदेव गौतम रहेका छन् । उनी बर्दिया — १ बाट नेपाली कांग्रेसका उमेदवार मन्त्री सञ्जय गौतमसँग पराजित भएका हुन् । त्यस्तै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उनको गृह जिल्ला तनहुँ — १ बाट एमालेका किसन श्रेष्ठसँग पराजित भएका छन् । तेस्रो अन्तर्घातका सिकार भएका व्यक्तिको रूपमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ रहेका छन् । उनलाई गोरखा — २ बाट उठाइएकोमा नै अहिले प्रश्न उठ्न थालेको छ । उनी त्यस स्थानमा पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग पराजित भएका हुन् । 

नयाँ पत्रिकाले वामदेव गौतम र रामचन्द्र पौडेलमाथि अन्तर्घात भएको हो कि भन्ने शीर्षक राख्दै सात कोलमको ब्यानर समाचार प्रकाशित गरेको छ । गौतमसँग प्रत्यक्ष वार्ता गरेको प्रश्नोत्तरसहित प्रकाशित सो समाचारमा गौतमले आफ्नो हार अनपेक्षित भएको र यो कसरी भयो भन्ने विषयमा सबै मूल्यांकन गरेर, तथ्य प्रमाणहरू जुटाउनुपर्ला भन्ने लागेको बताएका छन् । उनले आफूमाथि प्रशस्त षडयन्त्र भएको भन्दै यस्तो हुनु दुःखद भएको र सबैकुरा बुझेरमात्र निष्कर्षमा पुग्ने बताएका छन् । 

त्यस्तै रामचन्द्र पौडेलले पनि आफू अन्तर्घातका कारण पराजित भएको भन्दै अन्तर्घातीलाई कारबाही गर्नुका साथै देशभर पार्टी हार्नुको कारण र यसको निदान खोज्नुपर्ने भनेर बोलेको कुरालाई नयाँ पत्रिकाले प्रकाशित गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नयाँ पत्रिकाले नारायणकाजी श्रेष्ठको हारलाई पनि ’हेभिवेटको हार’को रूपमा लिएको छ । सो दैनिकले श्रेष्ठको भनाइलाई पनि एक बक्स बनाउँदै उनले आफू हारे पनि गठबन्धनको विजयमा खुसीभएको जनाएका छन् । आफूले कम्युनिस्ट गठबन्धनका लागि धेरै काम गरेको र यो हारले गठबन्धनको जोडलाई केही असर नगर्ने पनि उनले बताएका छन् । 

नागरिक दैनिकले पनि हस्तीहरूको हार शीर्षक दिएर प्रकाशित गरेको समाचारमा पौडेल, गौतम तथा श्रेष्ठको तस्बिर राखेर पौडेलको विजय यात्रा रोकिएको, गौतमको लालकिल्ला भत्किएको तथा श्रेष्ठ बाबुराम ब्रान्डसँग पराजित भएको निष्कर्ष निकालेको छ । अन्नपूर्ण पोस्टले पनि श्रेठ निर्वाचन क्षेत्र छनोटमा चुकेको कारण हारेको तथा गौतमले मतदाताको असन्तुष्टिको सम्बोधन गर्न नसकेको कारण हार बेहोर्नु परेको समाचार प्रकाशित गरेको छ । 

Global Ime bank

वाम गठबन्धन दुई तिहाइ नजिक

राजधानी तथा गोरखापत्रले वाम गठबन्धन दुई तिहाइ नजिक भएको समाचार प्रकाशित गरेका छन् । राजधानीका अनुसार प्रत्यक्षतर्फ वाम गठबन्धनले ९२ सिटमा अहिल्यै जित हासिल गरेको छ । प्रत्यक्षतर्फको जितको अग्रता कायम रहेमा वाम गठबन्धन दुई तिहाइ पार गर्ने मुकाममा पुगेको राजधानीले आकलन गरेको छ । त्यस्तै गोरखापत्रले पनि आइतवार रातिसम्म प्रतिनिधि सभाको ११९ निर्वाचन क्षेत्र तथा मत गणना भइरहेको स्थानमा लिएको अग्रताको आधारमा कम्युनिस्ट गठबन्धन प्रत्यक्षतर्फ दुई तिहाइ नजिक पुगेको छ भनेर लेखेको छ । आइतवार रातिसम्म एमाले ६५ स्थानमा र माओवादी केन्द्र २६ स्थानमा विजयी भएको गोरखापत्रले जनाएको छ । 

६ प्रदेश सभामा कम्युनिस्ट सरकार 

प्रतिनिधि सभामा दुई तिहाइको नजिक पुग्ने संभावना बढ्दै गर्दा कम्युनिस्ट नेतृत्वले ७ मध्ये ६ प्रदेशमा आफ्नो सरकार बनाउने देखिएको छ । नागरिक दैनिकले ‘६ वटा प्रदेशमा वाम सरकार बन्ने’ शीर्षकसहित प्रथम पृष्ठको दाहिने कुनाको मुख्य समाचार बनाएको छ । सात प्रदेशको ३३० स्थानमध्ये एमालेले ११८ स्थानमा जितेको तथा ३७ स्थानमा अग्रता हासिल गरेको  समाचारमा जनाइएको छ । त्यसैगरी माओवादी केन्द्रले ५५ स्थानमा जित १६ स्थानमा अग्रता लिएको छ । प्रदेश १ को कुल ५६ स्थानमा एमालेले ३३ स्थान जितेको तथा तीन स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले चार स्थानमा जित हात पार्दै एक अग्रता लिएको छ । नेपाली कांग्रेसले पाँच स्थानमा विजय प्राप्त गरेको छ भने एक स्थानमा अग्रता लिएको छ । 

प्रदेश २ को प्रदेश सभाका ६४ स्थानमध्ये ३२ स्थानको परिणाम आएको छ जसमा संघीय समाजवादी फोरमले १३ स्थान र वामपन्थी गठबन्धनले ११ स्थानमा जितेका छन् । कांग्रेसले सात स्थानमा विजय हात पारेको छ । प्रदेश ३ को ६४ सिटमा ४६ स्थानमा वामपन्थी जित, ९ स्थानमा अग्रता छ । प्रदेश ४ को प्रदेश सभामा ३६ स्थानमा २३ को नतिजा आएको र वामपन्थी गठबन्धनले १८ स्थानमा विजय हासिल गरेको छ । प्रदेश ५ को ५२ प्रदेश सभामा २८ स्थानमा वाम गठबन्धन विजयी भइसकेको छ । प्रदेश ६ को ३२ सिटमध्ये २८ परिणाम घोषित भएकोमा २० स्थानमा कम्युनिस्ट गठबन्धनले जितेको छ । प्रदेश ७ मा ३२ सिट भएकोमा १८ स्थानमा परिणाम आएकोमा वाम गठबन्धनले १६ सिट जितीसकेको नागरिकले जनाएको छ । 

कान्तिपुरले पनि वाम वर्चस्व अझै बढेको र प्रदेश सभामा पनि अगाडि बढेको समाचार प्रकाशित गरेको छ । हिमालय टाइम्सले यही समाचारलाई ‘मुख्यमन्त्रीका दाबेदार विजयी हुँदै’ भन्ने शीर्षकसहित मुख्य समाचार बनाएको छ । 

सम्पादकीय

अन्नपूर्ण पोस्टले नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाउनुपर्ने तर्कसहित सम्पादकीय लेखेको छ । विसं २०१५ सालमा संसद्को दुई तिहाइ स्थान जितेको, २०४८ साल र २०५६ सालको चुनावमा स्पष्ट बहुमत ल्याएको नेपाली कांग्रेस अहिले किन यति कमजोर भयो भन्ने प्रश्न गर्दै यसको गंभीर समीक्षा गर्नुपर्ने पोस्टको जिकिर छ । नागरिकले कांग्रस सभापति शेरबहादुर देउवा निर्वाचन सम्पन्न गरेर बधाईका पात्र भएको र आफ्नै दल पराजित हुने अवस्थामा पनि निर्वाचन गराउन तयार हुनु लोकतान्त्रिक चरित्रको परिचायक भनेको छ । राजधानीले पनि चर्चा योग्य राजनीतिक संस्कारको कुरा सम्पादकीयमार्फत उठाएको छ ।  

नयाँ  पत्रिकाले भने बहुमतसहित स्थिर सरकारको पक्षमा रहेका जनताले वामपन्थी दलको विगतको संघर्षको पृष्ठभूमिलाई पनि सम्मान गरेको भनेर सम्पादकीय लेखेको छ । हिमालय टाइम्सले प्रदेश सभाको तयारीका सन्दर्भमा सम्पादकीय लखेको छ । कान्तिपुरले खर्च व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्ता जताएको छ भने गोरखापत्रले मानव अधिकारको प्रत्याभूति हुनुपर्ने विषयमा जोड दिँदै सम्पादकीय लेखेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २५, २०७४  ०८:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC