site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली जनताले कम्युनिस्ट गठबन्धनका पक्षमा स्पष्ट बहुमत दिएका छन् । समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले दुई तिहाइ बहुमत पुग्ला नपुग्ला तर प्रत्यक्षतर्फको प्रारम्भिक परिणाममा दुई तिहाइभन्दा पनि धेरै स्थानमा कम्युनिस्ट गठबन्धनका उमेदवारले जित्ने स्पष्टै देखिन्छ । कम्युनिस्ट गठबन्धनले बहुमत हासिल गर्ने त अपेक्षित नै थियो तर नेपाली कांग्रेस यति नराम्ररी परास्त होला भन्ने अनुमान बिरलैले गरेका थिए होलान् । यद्यपि, समग्रमा नेपाली कांग्रेसको मत प्रतिशतमा खासै फरक नपरेको हुनसक्छ तर, संसद्मा पहिलो रहेको दल नेपाली कांग्रेस अब तेस्रो दल हुन पुग्नेछ । चुनाव पूर्वको प्रतिबद्धता अनुरूप नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएमा सत्तारूढ र विपक्षी दलबीच संसदीय शक्तिमा ठूलो अन्तर हुनेछ । यस अवस्थामा सत्ता पक्ष निरंकुश हुने वा प्रतिपक्षले आत्मसमर्पण गर्ने पनि उत्तिकै जोखिम हुन्छ ।
संसदीय शासन प्रणालीमा सत्तापक्ष बलियो र प्रतिपक्ष सशक्त भयो र दुवैले आआफ्नो दायित्व पूरा गरे भने देशका लागि फलदायी हुनेछ । तर, विपक्ष गैरजिम्मेवार भयो वा लाचार हुन पुग्यो भने सत्तापक्ष निरंकुश हुने खतरा सधैँ नै रहिरहनेछ । नेपालमा लोकतन्त्र नयाँ त हैन तर लोकतान्त्रिक पद्धतिले गहिरो जरा गाडेको छैन । समाज अझै पनि सामन्ती संस्कारबाट उम्कन सकेको छैन । यता नेपालको संविधान, २०७२ ले समाजमा लोकतान्त्रिक समावेशी र सामाजिक न्यायपूर्ण समाजको परिकल्पना गरेको छ । यसका लागि राजनीतिक नेतृत्वमा लोकतान्त्रिक संस्कार आवश्यक हुन्छ । निर्वाचन अभियानमा प्रयोग भएको शैली र शब्दावली हेर्दा नेपालको वर्तमान राजनीतिक नेतृत्वमा लोकतान्त्रिक संस्कार, सहिष्णुता र सद्भावको नितान्त अभाव देखिन्छ । सम्भवतः यही लोकतान्त्रिक संस्कारको अभाव नेपाली राजनीतिका शीर्ष पात्रहरूका लागि आगामी दिनमा प्रमुख चुनौती हुनेछ ।  
कम्युनिस्ट गठबन्धनका नेताहरूका लागि सरकार गठन जति चुनौतीपूर्ण हुनेछ नेपाली कांग्रेसलाई पार्टीभित्रको असन्तुष्टि उत्तिकै चुनौतीपूर्ण हुनेछ । आन्तरिक लोकतन्त्रको मर्यादा राख्दै पार्टीलाई निराशा र अराजकताबाट बाहिर निकाल्ने कार्य नेपाली कांग्रेसको वर्तमान नेतृत्वबाट असम्भव प्रायः देखिन्छ । संसद्मा प्रमुख विपक्षीको भूमिका पूरा गर्नुपर्ने दायित्व भएको दल आन्तरिक कलहमै अलमलियो भने सत्ता पक्षले पनि बाटो बिराउन सक्छ । चुनाव प्रचारका क्रममा नेपाली कांग्रेसले कम्युनिस्ट गठबन्धन अधिनायकवादी हुने विषयलाई प्रमुख मुद्दा बनाएको थियो । नेपाली जनताले अहिले त्यसलाई पत्याएनन् । तर, सरकार सधैँ नै अधिनायकवादी प्रवृत्तिकै हुन्छ । त्यसलाई शासक र तिनको निष्ठाले घटीबढी बनाउने हो । यस्तै प्रतिपक्ष सजग र समाज चनाखो तथा लोकतान्त्रिक भए पनि सरकार निरंकुश हुने आँट गर्दैन । यसैले चुनाव जित्नेहरूसँगै हार्नेहरूले पनि आफ्नो दायित्व बोध गर्नुपर्छ । निर्वाचनमा उत्साहका साथ सहभागी भएर अभिमत दिने मतदाताहरूप्रतिको दायित्व सबैले पूरा गरून् । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर २३, २०७४  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC