site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली शैक्षिक प्रमाणपत्रधारी पाइलट पक्राउ गरेको छ । वुद्ध एयरमा कार्यरत स्वच्छन्द घले र उनको प्रमाणपत्र बनाइदिने राजु कुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । नेपालको बिभिन्न वायुसेवा निगमहरुमा कार्यरत बिमान चालकहरूको शैक्षिक प्रमाणपत्रहरु नक्कली रहेको भन्ने सूचनाको आधारमा छानविन गर्नुपर्ने देखिएकोले ब्यूरोले अपरेशन ह्वाक सञ्चालन गरिहेको जनाएको छ ।
अपरेशन ह्वाकलाई निरन्तरता दिने क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरी प्राधिकरणबाट अनुमतिपत्र प्राप्त गरेका बिमान चालकहरूको शैक्षिक प्रमाणपत्रहरू निरन्तर रुपमा छानविन भईरहेको केन्द्रले जनाएको छ ।
यसै क्रममा त्रिभुवन विश्वविद्यालय प्रबिणता प्रमाणपत्र तह बिज्ञान संकाय तर्फको नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी दक्षिण अफ्रिकामा पाइलट पुरा गरी नेपाल नागरिक उड्डयन प्राधिकरणबाट ब्यक्तिगत ईजाजत पत्र प्राप्त गरेका स्वछन्द घले र उनलाई नक्कली आइएस्सीको शैक्षिक प्रमाणपत्र बनाउन सहयोग गर्ने राजु कुमार श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्यूरोले  पक्राउ गरी अनुसन्धानमा राखेको प्रहरीले जनाएको छ । प्रहरीले एकसाताअघि नै पक्राउ गरेर अनुसन्धानमा राखेको जनाएको छ ।
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  २२:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC