site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

अर्घाखाँची, १२ भदौ । अर्घाखाँची सन्धिखर्कबाट प्यूठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नं को जिप आज दिउँसो हंसपुर गाविसको रतनमारेनजिक पोसपाटामा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी नौ जनाको घटनास्थल र दुई जनाको उपचारका लागि सन्धिखर्क ल्याइँदै गर्दा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुर्घटनामा प्यूठानमा अध्यापन गर्ने अर्घाखाँची धारपानी–६ का ३६ वर्षीया कमला पौडेल, हंसपुर–१ का चेतबहादुर थापा, हंसपुर–२ का हुमबहादुर घम, हंसपुर–५ का रामबहादुर घर्ती र मीनबहादुर केसी, किमडाँडाका जिप धनी नारायण राना, सन्धिखर्क–२ का सीता नेपाली, गुल्मी पुर्कोट दहका सीपबहादुर कुमाल, भेषबहादुर थापा, बुद्धिराम परियार र बाङ्गेमरोठका शोभा सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी छ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनालाई थप उपचारका लागि बुटबल पठाइएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

Global Ime bank

जिप सडकबाट करिब ७०० मिटर तल जङ्गलमा खसेको प्रहरीले जनाएको छ । जिप चालक गुल्मीका उत्तम श्रीषलाई प्रहरी चौकी हंसपुरले नियन्त्रणमा लिएको छ । दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।

नयाँशक्तिद्वारादुःखव्यक्त

अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट प्यूठानको वादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जिप दुर्घटनाप्रति नयाँ शक्ति पार्टीले दुःख व्यक्त गरेको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटा विज्ञप्ति जारी गरी दुर्घनामा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि तथा तिनका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुको तत्काल उद्धार तथा शीघ्र उपचारको माग गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  २०:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC