site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी टीम चौथो राष्ट्रव्यापी महिला तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । आइतबार सम्पन्न प्रतियोगितामा १० स्वर्ण र ३ रजत जित्दै आर्मी टिम च्याम्पियन बनेको हो ।
टिम च्याम्पियन बनेको आर्मीले सिनियर पुरुषतर्फ ६ स्वर्ण २ रजत तथा महिलातर्फ ४ स्वर्ण १ रजत पदक जित्यो । त्यस्तै जुनियरतर्फ काठमाडौं युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङ्ग क्लब समान १ स्वर्ण १ रजत र २ कास्य जितेर टिम च्याम्पियन बन्न सफल बनेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरुष सिनियरतर्फ ४९ केजीमा नक्साल ए का सुसिल थापाले स्वर्ण जित्दा, एपीएफका आाश तामाङले रजत र  आर्मीका करन चौधरी र तेजबहादुर देउवाले कास्य पदक जिते । ५२ केजीमा आर्मीका प्रेम चौधरी प्रथम, लक्ष्मण तामाङ्ग द्वितीय र विक्रम परियार र सुभा वि.के. तृतीय भए भने ५६ केजीमा आर्मी बीका विमर रोका प्रथम, एपीएफका पुरन राई द्वितीय र गने थापा र रोशन लामा तृतीय भएका छन् ।
पुरुष सिनियरतर्फ कै ६० केजी तौलमा नेपाल प्रहरीका भुपेन्द्र थापा प्रथम, आर्मीका शुरेस नेपाली द्वितिय र अकास सुवेदी र दिनेश चन्द तृतीय भए । ६४ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रथम, झापाका प्रकाश लिम्बु द्वतीय र अनुज भण्डारी र दोर्जे जित्याङ्ग तृतीय भए भने ६९ केजीमा आर्मीका विस्नु घले प्रथम, आर्मी बी कै सन्दीप व्यान्जु द्वितीय र श्रीयान्सु प्रजापति र सविन दराई तृतीय भए । 
यस्तै ७५ केजीमा आर्मीका दिपेश लामा प्रथम,  आर्मी बी कै केशब वम द्वितीय र दिवस लाल लिम्बु र मधुसुधन श्रेष्ठ तृतीय स्थान हासील गर्दा ८१ केजी तौल समूहमा जावलाखेलका म्याक्स बस्नेत प्रथम, आर्मीका गोकुल गुरुङ्ग द्वितीय र कौशल जंग थापा र विजय केसी तृतीय भए ्र त्यस्तै ९१ केजी तौल समूहमा आमीएका महेन्द्र केसी प्रथम, पश्चिमाञ्चलका ओमप्रसाद गुरुङ्ग बतिय र गनेश प्रधान र दिपक परियार तृतीय भए भने ९१ केजी भन्दा माथीको तौल समूहमा आर्मीका श्याम खडका प्रथम, दमकका दिनेश अधिकारी द्वितीय र आशीस दवाडी  र जगदीस बहादु सेठी तृतीय भएका छन् ।
महिलातर्फको ४८ केजीमा आर्मीका ललिता महर्जन प्रथम, एपीएफका उर्मिला लामा द्वितीय र गिता कुमारी थापामगर र दिविका भुजेल तृतीय भए । ५१ केजीमा आर्मीकी मीनु गुरुङ्ग प्रथम, माला राई द्वितीय र निता गोसाई र सिता पाठक तृतीय भए । ५४ केजीमा  विमला श्रेष्ठ प्रथम, सन्जु लामा बतिय र निशा तामाङ्ग द्वितीय र दिव्या गुरुङ्ग तृतीय भए ।  
त्यस्तै महिलातर्फकै ५७ केजीमा निरु गुरुङ्ग प्रथम, माया चौधरी द्वितिय र प्रमिला पाण्डे र रन्जिता मगर तृतीय भएका छन् भने ६० केजीमा सरस्वती रानामगर प्रथम, सोनम रोका द्वितिय र दिव्या लिम्बु र सोम माया लिम्बु तृतीय भएका छन् ।  यस्तै ६४ केजीमा विनिता थापामगर प्रथम, पुनम रावल बतिय र अनुराधा लामा द्वितीय र चन्द कला थापा तृतीय भए । 
नेपाल बक्सिङ्ग संघको तत्वावधान एवं ललितपुर बक्सिङ्ग संघको आयोजनामा सम्पन्न प्रतियोगिताको पुरुष जुनियरतर्फ ४९ केजीमा प्रथम नक्सालका डेविड तामाङ्ग,  अल्फाका चन्द्रबहादुर थापा द्वितिय, र कन्चनपुरका विस्नु विस्ट र दमकका धर्मेन्द्र मखिमद्वय तृतीय भए । ५२ केजी तौलतर्फ मेघदुतका प्रदिप घिमिरे प्रथम, नक्साल ए का मिङ्मा ग्याल्जेन शेर्पा द्वितीय र तृतीय रोल्पाका  रामप्रसाद पुन र दमकका भीम बहादुर भएका छन् । ५६ केजी तौल समूहम सुनसरीका राकेश राई प्रथम, कास्की बीका  दिनेश बानिया द्वतिय र तृतीय नक्साल बीका पवन भट्टराई र बक्सिङ्ग फिटनेशका अमिन राई भएका छन् । त्यस्तै ६० केजीतर्फ बानुजका कर्मा तेन्जिङ्ग गुरुङ्ग प्रथम, सौरभ विमली द्वतिय र  साजन गिरी र बुद्ध राज राई तृतीय भए भने ६४ केजी तौलतर्फ जावलाखेल बक्सिङ्ग क्लबका सरोज सेवा प्रथम, काठमाडौं युथ बक्सिङ्गका  प्रशान्त दाहाल बतिय र मनिश डंगोल र युरेन बुढामगरले तृतीय स्थान हासिल गरे ।
पुरुष जुनियरतर्फ ६९ केजी तौलमा कन्चनपुरका  निवास चन्द प्रथम,  कैलालीका लक्ष्मण थापा मगर द्वितीय र राजु श्रेष्ठ र टाशी शेर्पाले तृतीय स्थान हासिल गर्दा ७५ केजी तौलमा काठमाडौं युथ बक्सिङ्ग क्लबका कमल थापा प्रथम, सुनसरीका सन्देश लिम्बु द्वितीय र अक्तेश श्रेष्ठ र सुमन लिम्बुले तृतीय स्थान हासिल गरे ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC