site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चाँदबाग र रातो बंगला च्याम्पियन
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । चाँदबाग (सीबीएसई) र रातो बंगला ‘ए’ दोस्रो क्याम्पियन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार च्याम्पियन बनेका छन् । चाँदबाग (सीबीएसई) ब्वाइज तथा रातो बंगला ‘ए’ गल्र्समा पहिलो भए ।
महालक्ष्मीस्थानस्थित आयोजक क्याम्पियन एकेडेमीको कोर्टमा भएको ब्वाइज फाइनलमा चाँदबाग (सीबीएसई) ले केएमसीलाई ५२–३९ ले पाखा लगायो । विजेताका रोशन रसाइलीले १९ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा रातो बंगला ‘ए’ ले चाँदबाग (एसएलसी) लाई ३०–१८ ले हरायो । रातो बंगला ‘ए’ को जितमा अन्सु गुरुङले १२ अंक जोडिन् ।
ब्वाइजमा चाँदबाग (सीबीएसई) का रुवेन पौडेल तथा गल्र्समा रातो बंगला ‘ए’ की संस्कृति मास्के ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए । प्रतियोगिताभर ब्वाइजमा १ सय १५ अंक जोडेका केएमसीका सक्रिय तामाङ तथा गल्र्समा ५५ अंक जोडेकी रातो बंगला ‘ए’ की अन्सु गुरुङ सर्वाधिक स्कोरकर्ताको सूचीमा शीर्ष स्थानमा रहे ।
विजेतालाई नेपाल बास्केटबल संघका उपाध्यक्ष भीमसिंह गुरुङ, सीजी एजुकेसनका एकेडेमिक हेड भूषण गुरुङ, सीजी ग्रुपकी डेपुटी बिजनेस हेड गर्ली अग्रवाललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । साताव्यापी प्रतियोगिताको ब्वाइजमा १० तथा गल्र्समा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC