site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रविभक्त श्रेष्ठद्वारा ‘बुबा इन्द्रभक्त श्रेष्ठको नाममा १ करोडको छात्रवृत्ति’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । उद्योगी रविभक्त श्रेष्ठले आफ्ना बुबा स्वर्गीय इन्द्रभक्त श्रेष्ठको नाममा १ करोडको छात्रवृत्ति कोषको स्थापना गरेका छन् । 
श्रेष्ठले बुबा इन्द्रभक्त श्रेष्ठको ९३ औं जन्मजयन्तीको अवसर पारेर बुबाको नाममा उक्त छात्रवृत्ति कोष स्थापना गरिएको हो । “यो कोषबाट त्रिभुवन विश्व विद्यालयको स्कुल अफ म्यानेजमेन्ट (एमबीए) अध्ययन गर्ने जेहेन्दार दुई विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेछौं,” उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत भइसकेका श्रेष्ठले भने, “जेहेन्दार तर, आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई यसले ठूलो सहयोग पुर्याउँछ ।” 
त्यसैगरी, बुबाको जन्मदिनको उपलक्ष्यमा श्रेष्ठले शिक्षण अस्पतालमा दिँदै आएको ५० लाखको बालकोषलाई १ करोड रुपैयाँ पुर्याइएको छ । त्यसैगरी, बुबाले लेखेको कृतिलाई पनि विमोचन गरिएको छ । 
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले चेम्बर आन्दोलनलाई बढाई जिल्ला–जिल्लामा पनि संघहरू स्थापना गरी निजी क्षेत्रको आवाज बलियो बनाउन इन्द्रभक्त श्रेष्ठको ठूलो योगदान गरेको चर्चा गरे । नेपालमा बहुराष्ट्रिय कम्पनी भित्रयाउने व्यक्तिका रुपमा पनि इन्द्रभक्तलाई चिनिने बताए । 
श्रेष्ठ अध्यक्ष रहेको एनई ग्रुपले बहुराष्ट्रिय कम्पनी युनिलिभर भित्र्याइएको हो । आइरन इन्डष्ट्रिज स्थापना गरि फलामे डन्डीसम्बन्धी काम गरे । उनको मैदा उद्योग पनि थियो । “बम्बइमा कपडाको व्यापार गरे । २०२८ सालमा समुद्रपार मुलुकहरूबाट मालसामान पैठारी गर्ने काम गरे । युनिलिभरले बु्रकबोन्ड किनेपछि हामीले उक्त कम्पनी नेपाल ल्याउन सजिलो भएको हो” उनले भने । 
श्रेष्ठको सामाजिक क्षेत्रका दर्जनभन्दा बढी संघ–संस्थामा आबद्धता थियो । २०१६ सालमा सरकारद्वारा गठित आयात–निर्यात सल्लाहकार समिति र खाद्य सल्लाहकार समितिमा बसेर काम गरे । दुई वर्षपछि औद्योगिक विकास निगमको सञ्चालक सदस्य भए । २०३२ मा काठमाडौं नगर पञ्चायतको मनोनित सदस्य, त्रिभुवन विश्वविद्यालयमा २०२८ र २०३५ सालमा दुईपटक सदस्य भएर काम गरे । २०३० मा अञ्चल शिक्षा समितिको पनि सदस्य भए । हिमालय विद्या मन्दिर कालोपुलको अध्यक्ष भएर उनले काम गरेका थिए । सहिद गङ्गालाल हृदयरोग उपचार केन्द्रमा पनि सञ्चालक समितिमा बसेर उनले काम गरेका थिए ।
राष्ट्र बैंक र शाही नेपाल वायुसेवा निगमजस्ता प्रतिष्ठित संस्थामा २०३४ देखि २०३७ सम्म सञ्चालक समिति सदस्य भए । व्यापार व्यवसायबाट कमाएको आम्दानीबाट विभिन्न क्षेत्रमा सहयोग गर्न उनले २०४० मा आफ्नो र श्रीमतीको नाममा इन्द्र जवाहर सहयोग गुठी स्थापना गरे । सोही गुठीले २०४५ सालको भूकम्पपीडितहरूलाई सहायता उपलब्ध गरायो । “स्पष्ट बोल्ने, लगनशील व्यक्ति र सहयोगी हुनुहुन्थ्यो, चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठ भन्छन्, “उहाँले खोलेको चेम्बर र त्यो संस्थामा हामी छौं ।” 
इन्द्रभक्त आफूले औपचारिक शिक्षा नपाएर होला, छोराछोरीलाई भने पढ्नमा हौसला दिन्थे । आफन्तहरूले विरोध गर्दा गर्दै पनि उनले ६ वर्षको उमेरमा जेठा छोरा भारतभक्तलाई निजी स्कुलमा पढाए । तत्कालीन सामाजिक परिवेश फरक भए पनि छोरीहरूको शिक्षामा पनि उनले उत्तिकै जोड दिए । राम्रोसँग पढेर छोरीले पनि व्यवसाय गर्नुपर्छ भन्नेमा बुबाको जोड हुन्थ्यो, छोरी इन्दिराले भनिन्, “पछि गुणस्तरीय शिक्षाका लागि तिमीहरू लागिपर भनेर ५ जना छोरीले काम गर्नेगरी विद्यालय खोलिदिनुभयो । व्यापारिक हिसाबले चलाएका छैनौं, गुणस्तरीयतामा ध्यान दिएका छौं ।”
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १९:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC