अर्थ व्यवसाय
काठमाडौं । गत आर्थिक वर्ष प्रत्यक्ष बैदेशिक लगानी ल्याएका आधारमा ६ अर्ब २५ करोड लाभांश विदेशीलाई भुक्तानी भएको छ ।
विदेशी लगानीमा सञ्चालनमा रहेका विभिन्न उद्योग प्रतिष्ठानले गरेको नाफाबाट लाभांश वापत यो रकम फिर्ता भएको हो । अघिल्लो आवमा प्रत्यक्ष वैदशिक लगानीको लाभांश स्वरूप ७ अर्ब २१ करोड रुपैयाँ भुक्तानी भएको थियो । गत आवमा सबैभन्दा बढी जलविद्युत् औद्योगिक र सञ्चार क्षेत्रमा लाभांश भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आधा भन्दा बढी जलविद्युत क्षेत्रबाट लाभांश विदेशिएको छ । गत आवमा जलविद्युतमा ३ अर्ब १५ करोड ४५ लाख, सञ्चारमा १ अर्ब ६९ करोड २८ लाख, औद्योगिक क्षेत्रबाट १ अर्ब ३८ करोड ७८ लाख रुपैयाँ लाभांस विदेशिएको छ ।
यस्तै बैंकिङ क्षेत्रबाट १ करोड ३७ लाख र सेवा क्षेत्रबाट ३७ लाख रुपैयाँ लाभांश फिर्ता गएको राष्ट्र बैंकले जनाएको छ । लाभांश फिर्ता राष्ट्र बैंकले डलरमा गरेको हो । जलविद्युत अन्र्तगत खिम्ती आयोजनाबाट बढी लाभांश फिर्ता भएको छ भने सेवा क्षेत्र अन्र्तगत एनसेललगायत अन्य कम्पनीबाट गएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३ १८:०५
प्रतिक्रिया दिनुहोस्