site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वान डे क्रिकेटबाट दिल्सानको सन्यास, अन्तिम वान डेमा ४२ रन जोडे
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
एजेन्सी । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका श्रीलंकन क्रिकेटर तथा ब्याट्सम्यान तिलकरत्ने दिल्सानले आफ्नो अन्तिम एक दिवसीय खेलमा ४२ रन बनाएका छन् ।
श्रीलंकाको दम्बुलामा अहिले जारी अष्ट्रेलियाबिरुद्धको तेस्रो एकदिवसीय खेल दिल्सानको अन्तिम एकदिवसीय खेल हो । जुन खेलमा दिल्सानले ४२ रन बनाएर आउट भएका छन् । दिल्सानले आदम जाम्पाको बलमा आउट हुन्अघि ६५ बलमा ५ चौका प्रहार गरे ।
दिल्सानले यसअघि नै अष्ट्रेलियाबिरुद्धको आइतबार हुने एकदिवसीय आफ्नो अन्तिम अन्तराष्ट्रिय एकदिवसीय भएको बताइसकेका थिए । जारी, तेस्रो एकदिवसीयमा अहिले श्रीलंका ब्याटिङ गरिरहेको छ, यसअघिका दुई एकदिवसीय १–१ को अवस्थामा रहेको छ ।
अन्तिम एकदिवसीयमा ६२ रन बनाएपछि दिल्सानलाई हजारौ समर्थकहरुले सम्मान दर्शाएका थिए । त्यसअघि ब्याटिङ गर्न क्रिजमा छिर्दा सबै श्रीलंकन टिम मेटले उनलाई ब्याट उठाएर सम्मान गरेका थिए ।
दिल्सानले टेस्ट क्रिकेटबाट भने सन् २०१३ मै सन्यास लिइसकेका छन् । त्यस्तै उनले टि–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा भने आगामी सेप्टेम्बर ९ मा हुने अष्ट्रेलियाबिरुद्धको दोस्रो तथा अन्तिम टि–ट्वान्टी क्रिकेटपछि सन्यास लिनेछन् ।
३९ वर्षीय दिल्सानले सन् १९९९ मा जिम्बाबेबिरुद्धको एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्तै उनले सन् २००६ मा इंग्ल्याण्डबिरुद्ध टि–ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए । दिल्सानले एक दिवसीय क्रिकेटमा श्रीलंकाका लागि ३ सय २९ खेलबाट अहिलेसम्म १० हजार ३ सय रन जोडेका छन् । त्यसमा दिल्सानले २२ शतक र ४७ अर्धशतक बनाएका छन् ।
त्यस्तै दिल्सानले ७५ टि–ट्वान्टी १८ सय ३४ रन बनाएका छन् । त्यसक्रममा दिल्सानले १ शतक र १३ अर्धशतक बनाएका थिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC