site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रुस्लान थ्रि अन थ्रि नेबा प्रेसिडेन्ट कप मंगलबारबाट
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । सर्वाधिक पुरस्कार राशिको तेस्रो रुस्लान थ्रि अन थ्रि नेबा प्रेसिडेन्ट कप बास्केटबल  मंगलबारदेखि सुरु हुने भएको छ । आयोजक पेरिविङकल ट्रेड एन्ड सर्भिसले आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै तेस्रो सँस्करणको रुस्लान थ्रि अन थ्रि नेबा प्रेसिडेन्ट कप मंगलबारबाट सुरु भई भदौ १८ गतेसम्म संचालन हुने जानकारी दिएको हो ।
चार दिने प्रतियोगितामा काठमाडौँ र मोफसलको गरि पुरुषमा २४ तथा महिलामा १६ टोलीको सहभागिता रहने पेरिविङकलका सीइओ दिपेश घलेले जानकारी दिए । डबल इलिमिनेसनका आधारमा हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेप कबर्डहलमा हुने छ । फिबाको नियम अनुसार संचालन हुने प्रतियोगिताको टेक्निकल सपोर्ट नेपाल बास्केटबल संघले गर्ने छन् ।
प्रतियोगिताको पुरुष तर्फको बिजेताले ट्रफीसहित नगद एक लाख रुपैयाँ पुरस्कार जित्ने छन् । त्यस्तै उपविजेताले ५० हजार तथा तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिलातर्फको बिजेताले ट्रफीसहित ५० हजार तथा उपविजेताले २५ हजार जित्ने छन् । यस्तै पुरुष तर्फको मोस्ट भ्यालुएबल प्लेयरले २५ हजार र महिलाको मोस्ट भ्यालुएबल प्लेयरले १५ हजार पाउने छन् ।
पेरिविङकल ट्रेड एन्ड सर्भिसले यस प्रतियोगिता प्रत्येक बर्ष गर्दै आइरहेको छ । यसअघिका दुई सस्करणको पुरषतर्फको उपाधि गोल्डेन गेट कलेजले जितेको थियो भने महिलातर्फको प्राइम र गोल्डेनगेटले जितेको छ  ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १६:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC