site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मुस्लिम महिलाले फ्ल्मि खेल्नु हुँदैन भन्ने छ र?
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
सामान्यतया मुस्लिम महिला घरपरिवारभित्रै बस्नुपर्छ र समाजमा त्यति धेरै खुलेर हिँड्नु हुँदैन भन्ने मान्यता छ । तर, केही समययता उनीहरू पनि बिस्तारै खुल्दै जान थालेका छन् । अरु महिलासरह आफूलाई पनि समाजमा घुलमिल गराउँदै जान थालेका छन् । पछिल्लो समय नेपाली सिने उद्योगमा पनि मुस्लिम महिलाले उपस्थिति देखाउन थालेका छन् । यसको उदाहरणका रूपमा सानिया खानलाई लिन सकिन्छ । चलचित्र विकास बोर्डमा रजिस्टर भएअनुसार उनी नेपाली चलचित्रमा लिड रोलमा अभिनय गर्ने पहिलो मुस्लिम महिला हुन् । घरभित्रै बस्नुपर्छ भन्ने मान्यतालाई चिर्दै उनी कसरी सिने उद्योगमा छिरिन् त ? बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानीः
 
मोडलिङ कहिलेबाट सुरु गर्नुभयो ? 
धेरै भएको छैन, दुई वर्षमात्रै भयो ।
 
सुरुमा म्युजिक भिडियोमा अभिनय गर्नुभयो, हैन ? 
हो । ‘सयौं जुनी’, ‘तिम्रो मायामा’, तिम्रो आँचलमा’जस्ता गीतमा अभिनय गरें । संयोग भनौं या भाग्य अथवा कर्म, मैले अभिनय गरेका सबै भिडियो हिट भए । अझै चार÷पाँच वटा रिलिजको क्रममा छन् । 
 
तपाईं त मुस्लिम समुदायबाट मोडलिङमा आउनुभएको व्यक्ति, गाह्रो भएन ?
पक्कै पनि सुरुमा केही गाह्रो नै थियो । तर, अहिले पनि परिवारले सपोर्ट गर्नुहुन्छ । खुसी लाग्छ ।   
 
कस्तो गाह्रो हुन्थ्यो ? अलि खुलेर भन्नुस् त ? 
मुस्लिम समुदायमा घरबाहिर निस्कनुपर्छ भन्ने नै सोचिँदैन । आउनेलाई पनि त्यति धेरै सपोर्ट गर्ने परम्परा नै छैन ।  मलाई पनि त्यस्तै नै भएको थियो । पढ्नु हुँदैन, बुर्का नै लगाएर घरै बस्नुपर्छ, कलाकारितामा त झन् लाग्नु हुँदैन भन्ने सोच छ । त्यसको प्रभाव हाम्रो समाजमा पनि थियो । समाजको प्रभावबाट हाम्रो परिवार पनि अछुतो रहने कुरा भएन ।  
 
घरबाट कलाकारितामा लाग्नु हुँदैन भनेर अवरोध भएन ? 
मेरो परिवार त्यति धेरै कट्टर हैन । तर, समाजको भय त सबैलाई हुन्छ नै । सुरुसुरुमा त ‘यसले हाम्रो संस्कार संस्कृति नै मास्ने काम गरी, यसलाई समाजमा राख्नु हुँदैन, समाजबाटैं निकाल्नुपर्छ’सम्म पनि भने । यो कुरा मलाई सिधै नभनेर अरुलाई भन्नु हुँदोरहेछ । मलाई र मेरो परिवारलाई अरुले सुनाउँथे । 
 
यस्तो धम्की आउँदा मन विचलित हुँदैनथ्यो ?
परिवार त डराउँथ्यो । तर, मचाहिँ डराइनँ । अरु महिलासरह हामी पनि अगाडि आउनुपर्छ भन्ने सोच थियो । सधैं लुकेरमात्रै बस्नु हुँदैन भन्ने लाग्थ्यो । त्यसैले म विचलित भइनँ । पढेलेखेका अरुले जान्नेसुन्ने व्यक्तिहरुले नै विरोध गरेको देख्दा छक्क पर्छु । 
 
परिवारसँग अनुमति मागेर नै अभिनय क्षेत्रमा लाग्नुभएको थियो कि हैन ?
हैन । बेंग्लोरमा म परिवारलाई ढाँटेर अभिनय सिक्न जान्थें । साथीहरूलाई भेट्न जान्छु भनेर परिवारलाई छक्याएर डान्स सिक्न जान्थें । परिवारलाई त पछिसम्म पनि थाहा थिएन । मैले म्युजिक भिडियो खेल्दा पनि परिवारलाई भनेको थिइनँ ।
 
परिवारले कसरी र कहिले थाहा पायो त ?
परिवारलाई कसरी भन्ने भनेर डर लागिरहेको थियो । पहिलो म्युजिक भिडियो सार्वजनिक हुने दिन साथीमार्फत घरमा भन्न लगाएँ ।  आफैंले भन्न सकिनँ । 
 
त्यो बेला घरबाट कस्तो रेस्पोन्स आयो ? 
मैले अपेक्षा गरेभन्दा फरक नै भयो । यति धेरै रहर छ भने गर्दा हुन्छ । तर, आफ्नोतर्फबाट सधैं राम्रो ठाउँमा बस्नू । परिवार र समाजको इज्जतमा दाग लाग्ने काम नगर्नू भन्नुभयो । 
चलचित्र ‘कुइनेटो’ मा पनि अभिनय गर्नुभयो हैन ? कस्तो रोल छ ?
लिड रोलमा छु । चलचित्रमा मेरो नाम ‘खुश्बु’ भन्ने छ । मनिराज चौधरीसँग जोडी भएर खेलेको छु । प्रेम प्रसंग नै छ । 
 
चलचित्र त झन् ‘मास’मा पुग्ने भयो । के भन्छ परिवारले ? 
कहिले रिलिज हुन्छ भनेर सोध्नुहुन्छ । चलचित्र हेर्न मलाई भन्दा पनि उहाँहरूलाई हतारो भइरहेको छ । अहिले पूरै सपोर्ट छ । 
 
तपाई त एलएलएमको पनि विद्यार्थी होइन ? अब अधिवक्ता बन्ने कि हिरोइन ?
सुरुमा मेरो परिवार मलाई डाक्टर बनाउने सोचमा थियो । तर, साथीसंगति र म आफैं पनि धेरै बोलिरहने भएकाले कानुन पढ्न थालें । अहिले एलएलएम फाइनल इयरमा छु । सायद प्राथमिकतामा कलाकारिता नै पर्छ । 
 
‘कुइनेटो’ बाट तपाईंले गरेको अपेक्षा के हो ?
यो मेरो पहिलो चलचित्र हो । करियरसँग जोडिएको हुँदा सफलता पाओस् भन्ने नै हो । दोस्रो, नेपालमा अझै पनि भारतमा भन्दा मुस्लिम महिलालाई काम गर्न असहज छ । यो अवस्थाको अन्त्य होस् भन्ने चाहना छ । सबै महिला समान हुन् र हामी पनि अरुसरह काम गर्न सक्छौं भन्ने सन्देश जाओस् भन्ने अपेक्षा छ । म यो समुदायबाट पहिलो महिला हिरोइन पनि भएकाले अरुले पनि गर्न सकुन् भन्ने हो । 
 
मुस्लिम समुदायका महिलाले आजसम्म कुनै पनि चलचित्रमा अभिन गरेका छैनन् । म अलि अराजक भएँ जस्तो लाग्दैन ?
पहिलो कुरा, सबैले के कुरा बुझ्नुपर्छ भने कलाकारको कुनै जाति, भाषा, धर्म र सीमा हुँदैन । ममा पनि त्यो लागू हुन्छ । म मुस्लिम होला, त्यो अलग पाटो हो । तर, म यो चलचित्रमा पहिले कलाकार हुँ । अनिमात्रै मुस्लिम महिला हुँ । मैले धर्मलाई ‘च्यालेन्ज’ गर्न सिनेमा खेलेको हैन । मेरो समाजलाई आफ्नो धर्म जति प्यारो छ, मेरालागि पनि उत्तिकै प्यारो छ । म पनि मेरो धर्म संरक्षण र सम्वद्र्धनमा छु । यो मेरो दायित्व पनि हो । काठमाडौंमा बुर्का नलागाए पनि घर कपिलवस्तु जाँदा बुर्का लगाएरै जान्छु ।
 
 तस्बिर:  रोजित खड्का
 
 
  
 
     
 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC