site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं । गत आर्थिक वर्ष २०७२/७३ मा सरकारले लिन आन्तरिक तथा वाह्य  ऋृणको हिस्सा बढ्दै गएको छ । 
 गत आवसम्म वाह्य र आन्तरिक गरी तिर्नुपर्ने  ऋृण बढेर ६ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । वाह्य ऋण ३ खर्ब ८१ अर्ब ७४ करोड छ  भने आन्तरिक  ऋृण २ खर्ब ३४ अर्ब १६ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । आन्तरिक र वाह्य ऋृण बढ्दै गएपछि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को अनुपात २७.४ प्रतिशत पुगेको छ ।  कुल ऋृण भुक्तानी/राजस्व अनुपात १७.६ प्रतिशत छ । 
नेपालले आर्थिक गतिविधि र ठुला तथा साना पुर्वाधार विकास गर्र्न आन्तरिक र वाह्य ऋण लिने गरेको छ । चालु आवमा सरकारले १ खर्ब ९५ अर्ब ७१ करोड रुपैयाँ  ऋृण परिचालन गर्ने लक्ष्य लिएको छ । यस्तै १ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ वैदेशिक अनुदान लिने भएको छ । अघिल्लो आवमा ९.९ प्रतिशत बढेर सरकारको कुल ऋृण दाइत्व ५ खर्ब ९८ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा देशको  ऋृण भार ७० अर्ब रुपैयाँ बढेको छ । 
कुलऋृण मध्ये ६४ प्रतिशत वाह्य र ३६ प्रतिशत आन्तरिक रहेको छ । नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलर मजवुत भएपछि वैदेशिक ऋृण बढेको हो । राष्ट्र बैंकका अनुसार एक वर्षको अवधिमा नेपाली मुद्रा डलरसंग ५ रुपैयाँ ९९ पैसा कमजोर भएको छ । जस्ले गर्दा वाह्य कर्जा तिर्ने दाइत्व बढेको छ । गत आवमा जीडीपीको आकार सामान्य वृद्धि भई २२ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको अनुमान गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा जीडीपीको आकार २१ खर्ब २४ अर्ब रुपैयाँ थियो । द्विपक्षीय र वहुपक्षीय दातृनिकायबाट सरकारले ऋण र अनुदान प्राप्त गर्दे आएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC