site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ। व्यवस्थापिका–संसद्मा सडक दुर्घटना कम गरी स्थल यातायातलाई सुरक्षित बनाउने सम्बन्धी प्रस्तावमाथिको छलफल जारी छ । 
संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्तावका प्रस्तावक सांसद रवीन्द्र अधिकारीले प्रस्तुत गरेको ‘लामो तथा छोटो दूरीमा चल्ने यातायातको दुर्घटना अत्यधिक मात्रामा बढी व्यापक रुपमा जनधनको क्षति भइरहेको हुँदा सडक सुरक्षा कार्ययोजना पूर्णरुपमा लागु गरी स्थल यात्रालाई सुरक्षित बनाउन अत्यावश्यक भएको’ भन्ने प्रस्तावमाथि छलफल भएको छ । 
प्रस्ताव प्रस्तुत गर्दै सांसद अधिकारीले सडकको खराब अवस्था, यातायात व्यवसायीको एकाधिकार, चालकको लापरबाही, पुराना सवारीसाधनलगायत समस्याले सडक दुर्घटना बढेको बताउँदै समाधानका लागि नयाँ तरिकाले एकीकृतरुपमा काम गर्नुपर्ने धारणा राखे । कसैलाई दोष दिनुभन्दा भएका नीतिनियमको प्रभावकारी कार्यान्वयन र नियमनका लागि विज्ञसहितको संरचना आवश्यक रहेकोमा उनको जोड थियो । 
प्रस्तावको समर्थन गर्दै सांसद गणेशकुमार पहाडी र शिवजी यादवले प्राविधिक जाँचबिना साना घुम्ती भएका सडक निर्माण र सवारीसाधनको नियमित जाँच नहुने कारण बढी दुर्घटना हुने गरेको बताउँदै सार्वजनिक यातायातसम्बन्धी ऐननियमको प्रभावकारी कार्यावयन हुनुपर्ने धारणा राखे । 
पछिल्लो समयमा मुलुकमा ठूला सडक दुर्घटना बढ्दै गएकोप्रति सांसदले चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि सरकारलाई गम्भीर भएर काम गर्न सुझाव दिनुभएको छ । केही दिनअघि मात्र काभ्रे, चितवन, बैतडीलगायत स्थानमा भएका दुर्घटनामा परी दर्जनौँ सर्वसाधारणले अनाहकमा ज्यान गुमाएका थिए । 
छलफलमा भाग लिँदै सांसदहरु अमनलाल मोदी, दिलनाथ गिरी, डा वंशीधर मिश्र, रामहरि सुवेदी, अनन्तप्रसाद पौडेल, रामकुमार भट्टराई, नवराज शर्मा, अम्बरबहादुर थापा, गीता क्षेत्री, योगेन्द्र चौधरी, कमलाकुमारी घिमिरे, मीना पुन, आशा कोइराला, निशाकुमारी शाह, प्रेम सुवाललगायतले सडक दुर्घटना नियन्त्रणका लागि सरकार गम्भीर भई काम गर्नुपर्ने बताउँदै दुर्घटना नियन्त्रणको सुझाव दिएका थिए । सांसदहरुको बोल्ने क्रम जारी छ । 
आजको बैठकमा यसअघि सभामुख ओनसरी घर्तीले मौजुदा मन्त्रिपरिषद्मा विस्तार तथा जिम्मेवारी हेरफेर सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएकी थिइन् । त्यस्तै, व्यवस्थापिका–संसद्का समितिमा सांसदको नाम थपको प्रस्ताव पनि गरेकी थिइन्। 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १५:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC