site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं, रासस । नेपाल प्रहरीले विस्फोटक पदार्थ, हतियार र विभिन्न दस्तावेजसहित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ नेता तथा कार्यकर्तालाई काठमाडौँ उपत्याकाको विभिन्न स्थानबाट पक्राउ गरेको छ । 

पक्राउ परेकाहरु प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचन बिथोल्न काठमाडौँ उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थान र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजनामा संलग्न रहेका प्रहरीले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उपत्यकाका विभिन्न स्थानमा विस्फोट गराउने उद्देश्य रहेकामा उनीहरुको गिरफ्तारीले सो योजना विफल भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही ईश्वरपुर लामिदमारका रवि गोले, सिन्धुली, कयानेश्वर–९, मोक्तानडाँडाका सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, मकवानपुर, हेटौँडाका रोह नेपाली भन्ने महेश नेपाली, काभ्रे, मादन कुँडारी गाउँपालिका–८, चौरी देउरालीका विगेश लामा, नुवाकोट, लिखु नगरपालिका थानापतिका राजीव तामाङ र दोलखा, तामाकोशी गाउँपालिका–५ का रोशन विष्ट रहेका छन् । 

एक थान पेस्तोल र विस्फोटक पदार्थसहित उनीहरुलाई बुधबार प्रहरीले राजधानीको विभिन्न स्थानबाट पक्राउ गरी बिहीबार (आज) सार्वजनिक गरेको हो । उनीहरु उम्मेदवारलाई लक्षित गर्दै यसअघि भएका विस्फोटका घटनामा संलग्न रहेको प्रहरीको भनाइ छ । पक्राउ परेका हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानमा विस्फोट गराएको तथा विस्फोटनको योजना बनाएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले जानकारी दिए । 
सोमबारमात्रै नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि बम आक्रमण भएको थियो । 
काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बमको छर्रा लागेर थापासहित ११ जना घाइते भएका थिए । पक्राउ परेकाहरु थापामाथिको आक्रमणमा संलग्न भए नभएको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC