site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक सय पाँच वर्षीयदेखि एक सय पन्ध्र वर्षीया वृद्धाद्वारा मतदान
Sarbottam CementSarbottam Cement

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरका ११५ वर्षीया जंगलीदेवी चौधरीको मतदान गर्ने धोको पूरा भएको छ । उनले आज घर नजिकैको सिद्धनाथ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा बिहान मतदान गरेका हुन्। 

उनका नाति जितबहादुर चौधरीले बोकेर उनलाई मतदान केन्द्रसम्म पु¥याई मतदान गराएका छन् । पञ्चायतकालदेखि गरी हालसम्म ११औँ पटक मतदान गरेको वृद्धा चौधरीले बताए । “देशमा शान्ति आउनुपर्छ गरिब जनतालाई हेर्ने उम्मेदवारलाई मतदान गरेको छु”, उनले भने, “कसैको दबाबमा नपरी मतदान गरेको छु ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनी जस्तै १०५ वर्षको उमेरमा मतदान गर्न मतदान केन्द्रमा आइपुगेका तुलसीदेवी ऐरले विकास गरी देशलाई समृद्धिमा पु¥याउने उम्मेदवारलाई मतदान गरेको बताए । शुक्लाफाँटा नगरपालिका–११ को सरस्वती माविमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन् । 

उनका नाति वीरेन्द्र ऐरले बज्यैले अन्तिम पटक मतदान गरी देशलाई गति दिने उम्मेदवारलाई मतदान गर्छु भन्ने हठ गरेपछि मतदान केन्द्रमा मोटरसाइकलमा बोकेर ल्याई मतदान गराएको बताए । सोही मतदान केन्द्रमा ११० वर्षीया जसुदेवी ऐरले समेत मतदान गरेका हुन् । 

Global Ime bank

मतदान गर्न आइपुगेका वृद्ध ऐरले वृद्ध भत्ता दोब्बर बनाउने अश्वासन दिएका उम्मेदवारलाई मतदान गरेको बताए । उनका बुहारी बिष्नादेवी ऐरले मतदान गर्न धेरै कर गरेपछि उनलाई मतदान गराउन ल्याइएको बताए । नगरपालिकाकै वडा नं १० मा रहेको श्रीकृष्ण माविमा रहेको मतदान केन्द्रमा दृष्टीविहीन ७० वर्षीय फक्का डगौराले समेत मतदान गरेका छन् । उनीलगायत तीनजना दृष्टीविहीनले मतदान गरेको मतदान अधिकृत हिक्मतराज जोशीले बताए । सोही केन्द्रमा क्रियापुत्री नेत्रराज जोशीले समेत मतदान गरेका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १४:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC