site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कञ्चनपुरमा ४७ प्रतिशत मत खस्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । दोस्रो चरण अन्तर्गत कञ्चनपुरमा जारी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा अहिलेसम्म ४७ प्रतिशत मत खसेको छ । 
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्म ४७ प्रतिशत मत खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक हरिसिाह धामीले अहिलेसम्म कुल मतदाता मध्ये एक लाख २३ हजार ७६३ जनाले मतदान गरिसकेको जानकारी दिए । तीन वटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा दुई लाख ६४ हजार ९७३ मतदाता रहेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी केशव भण्डारीले जिल्ला प्रहरी कार्यालयबाट आएको सूचना अनुसार नै आफूहरु पनि केन्द्रमा रिपोर्टिङ गरिएको बताएका छन् । उनले जिल्लामा शान्तिपूर्ण ढंगले मतदान चलिरहेको बताए । 
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा कम्युनिष्ट गठबन्धनबाट नेकपा माओवादीका बीना मगर र नेपाली कांग्रेसका दिवानसिंह विष्ट, क्षेत्र नम्बर २ बाट कम्युनिष्ट गठबन्धनका नरबहादुर धामी र कांग्रेसका एनपी सावद तथा क्षेत्र नम्बर ३ मा कम्युनिष्ट गठबन्धनका डा. दीपकप्रकाश भट्ट र कांग्रेसका रमेश लेखकबीच प्रतिनिधिसभा सदस्यका लागि प्रतिष्पर्धा भइरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC