ad

निर्वाचन विशेष

डडेल्धुरामा ५० प्रतिशत मत खस्यो 

काठमाडौं । दोस्रो चरणअन्तर्गत डडेल्धुरामा अहिलेसम्म ५० प्रतिशत मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा दिउँसो २ बजेसम्ममा डडेल्धुरामा ५० प्रतिशत मत खसेको हो । 
डडेल्धुराका मुख्य निर्वाचन अधिकृत डा. रमेश प्रसाद रिजालले अहिलेसम्म ५० प्रतिशत मत खसेको र मतदान प्रक्रिया शान्तिपूर्ण रुपमा जारी रहेको जानकारी दिए । एक मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ८१ हजार ७३२ मतदाता रहेका छन् । 
डडेल्धुरामा प्रधानमन्त्री देउवासँग कम्युनिष्ठ गठबन्धनका तर्फबाट माओवादी नेता खगराज भट्ट प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिष्पर्धा गरिरहेका छन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा–१ रुवाखोलास्थित मतदान स्थलमा र उनका प्रतिष्पर्धी भट्टले अजयमेरु गाउँपालिका–४ चिपुर उपस्वास्थ्य चौकी मतदान स्थलमा मतदान गरेका छन् । 

तपाईंको मत