site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
चुनावी मैदानमा उत्रिएका खेलकर्मीद्वारा मतदान, जित सुनिश्चित भएको सबैको दाबी
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको चुनावमय देश बनिरहँदा खेलकुद क्षेत्रबाट उठेका उमेदवारले पनि मतदान गरेका छन् । 
चुनावी मैदानमा नेपाली खेलकुद जगतबाट उठेका खेलकर्मीले कुन कुन स्थानबाट मतदान गरे त ?

जीवनराम श्रेष्ठ
नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले स्वयम्भुस्थित १५ नम्बर वडा भुइँखेल मतदान केन्द्रबाट मतदान गरेका छन् । विहानै उनले मतदान गरेका हुन् ।
जीवनराम श्रेष्ठ एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधी सभामा उठेका छन् । एमालेका केन्द्रीय सदस्य रहेका श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव समेत भएका व्यक्ति हुन् ।
काठमाडौंका पुरातात्विक र सांस्कृतिक क्षेत्रको विकास तथा निर्माणमा आफ्नो भूमिका रहने बताएका जीवनरामले खेलकुदको विकास आफ्नो मुख्य एजेन्डा रहेको बताउँदै आएका छन् । 
इन्द्रमान तुलाधर
नेपाली कांग्रेसतर्फको काठमाडौं क्षेत्र नम्बर ९ (क) बाट प्रदेश सभाका लागि चुनावमा उठेका इन्द्रमान तुलाधरले संकटा मन्दिर,  टेवाल मतदान केन्द्रबाट मतदान गरेका छन् ।
विभिन्न मतदान केन्द्रमा जाँदा स्थानीय तहको तुलनामा निकै कम जनताको सहभागिता पाएको तुलाधरले बताए ।
इन्द्रमान तुलाधर अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ताबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् । खेलकुदको पृष्ठभूमिबाट आएकाले खेलकुदको पूर्वाधार विकास गर्ने आफ्नो मुख्य भूमिका रहने उनले बताउँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

दिपक कोइराला 
माओवादी केन्द्रको तर्फबाट कास्की क्षेत्र नम्बर १ (क) को प्रदेश सभाबाट चुनावी मैदानमा उत्रिएका दिपक कोइरालाले विहानै मतदान गरेका छन् । उनले रामेश्वरी मावि मझेरीपाटन, पोखरा १४ बाट मतदान गरेका हुन् ।
कोइरालाले ५ हजारको मतान्तरले जित्ने दाबी गरे । स्थिर सरकार बनाउनुपर्छ भन्ने जनलहर देखिएको बताउँदै बाम गठबन्धनको जित सुनिश्चित भएको पनि दाबी गरे । 
कोइरालाले नेपाल क्रिकेट संघ (क्यान) मा उपाध्यक्ष हुदै कार्यबाहक अध्यक्ष समेत रहेर काम गरेका छन् । पोखरालाई खेल शहरको रुपमा विकास गर्ने उनले बताउँदै आएका छन् ।

सुरेन्द्र हमाल
नेपाली कांग्रेसबाट बाँके क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभाका लागि चुनाव लड्दै गरेका ओलम्पियन खेलाडी सुरेन्द्र हमालले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । ओलम्पिन खेलाडी हमालले पानी ट्याङ्की मतदान केन्द्रबाट विहानै मतदान गरेका हुन् ।
हमालले आफ्नो जित सुनिश्चित भएको बताउँदै निकै मतअन्तरले जित्ने दाबी गरेका छन् । आफ्नो उमेदवारीले खेलाडीहरू पनि उत्साहित बनेको उनको तर्क छ ।

Global Ime bank

केशव स्थापित
नेकपा एमालेको तर्फबाट काठमाडौं क्षेत्र नम्बर ६ (क) बाट प्रदेश सभाका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका केशव स्थापितले विहानै आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन् । उनले बागबजारस्थित पद्यमकन्या क्याम्पसबाट विहानै मतदान गरेका छन् । उनले जित शुनिश्चित भएको पनि दाबी गरे ।
उनले विहानै मतदाताको कम उपस्थिति भएपनि दिउँसो निकै बाक्लो उपस्थिति रहेको बताए । आफूले मात्रै नभएर क्षेत्रै बामगठबन्धनले जित्ने दाबी गरे ।
स्थापित राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव समेत हुन् । स्थापित काठमाडौं महानगरपालिकाका पूर्व मेयर पनि हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  १४:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC