site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । चिनियाँ व्यापारीले बढी मूल्य तिरेर ‘होल्ड’ गरेका कारण बजारमा अमेरिकी डलर अभाव भएको छ । यसको मौका छोपेर मनि एक्सचेन्ज र ट्राभल एजेन्सीहरूले बढी मूल्य लिएर डलर कालोबजारी गरिरहेको पाइएको छ । 
ठमेलका ट्राभल एजेन्सी र मनि चेन्जरहरूले १ अमेरिकी डलर १०७ रुपैयाँमा किनेर १२० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको रहस्य खुलेको छ । राजधानीका अधिकांश मनि चेन्जरले डलर अभावको मौका छोपेर कालोबजारी गरिरहेका छन् । 
“केही समययता नेपाली बजारमा डलरको अभाव छ । भएको डलर पनि चिनियाँ व्यापारीले ‘कब्जा’ गरेर राखेका छन्,” ठमेलको नरसिंहचोकमा रहेको एक मनि चेन्जरका सञ्चालकले भने, “चिनियाँ व्यापारीका कारण बजारमा डलरको अभाव छ । डलर हुनुपर्यो, अहिले मूल्य भनेजति पाइन्छ ।” 
उनका अनुसार दिनभरि मनि एक्सचेन्जमा डलर संकलन हुन्छ अनि राति चिनियाँलाई बढी मूल्य लिएर बेचिन्छ । “१०७ रुपैयाँ तिरेर किनेको डलर राष्ट्र बैंकलाई बेच्दा फाइदा हुँदैन । चिनियाँ व्यापारीले ११५ देखि १२० रुपैयाँ सहजै दिन्छन्, अनि किने दिने राष्ट्र बैंकलाई ? बैंकमा पनि डलर कम छ भन्दै मागअनुसार पाइँदैन, पाए पनि प्रक्रिया झन्झटिलो हुन्छ । त्यसैले मानिसहरू बढी मूल्य तिरेर कालोबाजारबाट डलर किनिरहेका छन्,” ठमेलकै अर्का मनि चेन्जर सञ्चालक भन्छन् । 
नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका निर्देशक वासुदेव अधिकारीले पनि बजारमा डलरको अभाव भएको स्वीकारे । “बजारमा केही दिनदेखि डलर अभाव भएको छ । यसबारेमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ,” उनले भने, “क्रेडिट कार्डको प्रयोग बढेकाले पनि यसको असर बजारमा परेको हुन सक्छ ।” चिनियाँसँग एलसी खोलेर व्यापार नहुने भएकाले उनीहरूले बढी मूल्य तिरेर कालोबजारी गरिरहेको हुन सक्ने उनको आशंका छ । “चिनियाँसँग उधारोमा व्यापार हुने र कम मूल्यांकनमा वस्तु नेपाल भित्र्याउने प्रवृत्तिले गर्दा समस्या आएको हो,” अधिकारीले भने । हाल बैंकिङ प्रणालीमा १० अर्ब डलर सञ्चित रहेको पनि अधिकारीले जानकारी दिए ।
पछिल्लो समय ठमेल र वसन्तपुर क्षेत्रका अधिकांश मनि चेन्जर डलर कालोबजारमा सक्रिय भएको बताइन्छ । पक्राउ पर्ने डरले उनीहरू अवैध तरिकाले डलरको कारोबार गर्दा आफूले चिनेका एजेन्टमार्फतमात्र काम गर्छन् । नचिनेको मान्छेलाई राष्ट्र बैंकले तोकेको दर देखाउँदै किन्दा र बेच्दा कानुनी प्रक्रियामा जान सुझाव दिन्छन् । तर, उनीहरूका दलालमार्फत् जाँदा कुनै प्रक्रिया चाहिँदैन ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १४:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC