site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
च्याम्पियन्स लिगको नकआउट चरणमा इन्ग्लिश क्लब हावी, को को पुगे ? (सूचीसहित)
Sarbottam CementSarbottam Cement

एजेन्सी । यूएफा च्याम्पियन्स लिग फुटबलको  नकआउट चरणमा पुग्ने सबै १६ टोलीको टुंगो लागेको छ ।   बुधबार राति चार समूहको अन्तिम खेल सकिएसँगै यो सिजन अन्तिम १६ मा पुग्ने टोलीको तय भएको हो ।

युरोपियन फुटबल एसोसिएसनले च्याम्पियन्स लिगको नकआउट चरणको खेल तालिका सोमबार सार्वजनिक गर्ने छ । अन्तिम १६ मा छनोट भएका टोलीलाई एक बिजेता र एक उपविजेता राखेर दुई पोटमा विभाजन गरेर ड्र निकालिने छ । अन्तिम १६ खेलहरु होम एण्ड अवेको आधारमा हुने छ । पहिलो लेग फेब्रुवरी १३ –१४ र २० – २१ मा हुने छ । यस्तै दोस्रो लेग मार्च ६ – ७ र १३ – १४ मा हुने छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यो सिजन साबिकको विजेता रियल मड्रिड, उपविजेता युभेन्टससहित युरोपमा ठुला क्लबहरुले नकआउट चरणमा स्थान बनाए । यो सिजन नकआउट चरणमा इन्ग्लिश क्लबहरुको बाहुल्यता रह्यो । इंग्ल्यान्डबाट यो सिजन ५ क्लबले नकआउट चरणमा स्थान बनाउदा स्पेनबाट ३ क्लबले अन्तिम १६ मा स्थान बनायो । यस्तै इटालीबाट २, फ्रान्स, जर्मनी, युक्रेन, टर्की, स्विजरल्याण्ड र पोर्चुगलबाट समान एक एक क्लबले अन्तिम १६ मा स्थान बनायो ।

यो सिजन समूह चरणमा ३ सय बढी गोल भयो । जुन च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी गोल हो । यस्तै यसै सिजन रियल मड्रिडका फरवार्ड क्रिष्टियानो रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गरेर किर्तिमान बनाए ।

Global Ime bank

अन्तिम १६ मा पुग्ने टोलीः

समूह विजेता बनेको टोली ः म्यानचेस्टर युनाइटेड (इंग्ल्यान्ड), पेरिस सेन्ट जर्मेन (फ्रान्स), रोमा (इटाली), बार्सिलोना (स्पेन), लिभरपुल (इंग्ल्यान्ड), म्यानचेस्टर सिटी (इंग्ल्यान्ड), बेसिक्टास (टर्की), टोटनह्याम (इंग्ल्यान्ड) 

समूह उपविजेता बनेको टोलीः  बसेल (स्विजरल्याण्ड), वायर्न म्युनिख (जर्मनी), चेल्सी (इंग्ल्यान्ड), युभेन्टस (इटाली),सेभिया (स्पेन),शाख्तर (युक्रेन), पोर्टो (पोर्चुगल), रियल मड्रिड (स्पेन)

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC