site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
रोनाल्डोको अर्को कीर्तिमान, टोटनह्याम विजेता, रियल उपविजेता
Sarbottam CementSarbottam Cement

 एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब रियल मड्रिडले बोरुसिया डर्टमण्डलाई पराजित गरेको छ । पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा अर्को किर्तिमान बनाएको खेलमा रियलले जर्मन क्लब डर्टमण्डमाथि ३ – २ को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा रियलको जितमा बोर्जा मायोरल, क्रिष्टियानो रोनाल्डो र लुकास भाजक्वेजले समान एक एक गोल गरे । बोरुसिया डर्टमण्डका पिएर एमरिक औबामेयाङ एक्लैले दुई गोल गरे ।  सान्टियागो बेर्नाबेउमा खेलको आठौं मिनेटमा गोल मायोरलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १२ औं मिनेटमा रोनाल्डोले रियलको अग्रता दोब्बर पारे । यो गोलसँगै रोनाल्डोले च्याम्पियन्स लिग फुटबलमा अर्को कोशेढुंगा पुरा गरे । रोनाल्डोले समूह चरणको सबै खेलमा गोल गर्ने पहिलो खेलाडीको किर्तिमान बनाएका हुन् । यो सिजन समूह चरणका सबै खेलमा गोल गरेका रोनाल्डोको यो ११४ औं च्याम्पियन्स लिग गोल समेत हो ।

खेलको ४३ औं मिनेटमा डर्टमण्डका औबामेयाङले एक गोल फर्काएपछि पहिलो हाफमा रियल २ – १ ले अघि रह्यो । दोस्रो हाफको ४८ औं मिनेटमा औबामेयाङले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २ – २ को बराबरीमा पुग्यो । तर, खेलको ८१ औं मिनेटमा भाजक्वेजले गोल गर्दै रियललाई ३ – १ को महत्वपूर्ण जित दिलाए ।

Global Ime bank

यो जितपछि यसअघि नै अन्तिम १६ मा पुगिसकेको रियल समूह एचको समूह उपविजेता बन्यो । रियलले ६ खेलबाट १३ अंक जोड्यो । यो समूहबाट इन्ग्लिश क्लब टोटनह्याम समूह बिजेता बन्यो ।

बुधबार राति नै एपोइल निकोसियालाई ३–० ले पराजित गरेको टोटनह्यामले  ६ खेलबाट १६ अंक जोड्यो । टोटनह्यामको जितमा सन मिन,लोरेन्ट कोरिएल्नी र एकोउडोउले समान एक एक गोल गरे ।  यो समूहबाट डर्टमण्ड र निकोसिया समूह चरणबाटै बाहिरियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०७४  ०७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC