site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । देशभर सडक दुर्घटना बढ्न थालेपछि राजमार्ग र सहायक राजमार्गहरूमा ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच गर्न थालेको छ । साउन यतामात्र सडक दुर्घटनामा परी ३ सयभन्दा बढीले ज्यान गुमाएका छन् । 
वर्षायाममा धेरै सडक दुर्घटना हुने गरेकाले मुख्य र सहायक राजमार्गमा पनि चेकजाँच कडा पारिएको प्रहरीले जनाएको छ । “सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई चेकजाँचमा कडाइ गर्न भनिएको छ,” प्रहरी प्रवक्ता डीआईजी माधव जोशीले भने, “नियमबाहिर गएर चल्ने यातायातलाई नियन्त्रणमा लिन देशैभर पत्राचार गरिएको छ ।” उनका अनुसार सडक डिभिजन कार्यालयको समन्वयमा देशभरका राजमार्गमा ट्राफिक चिन्ह र सुरक्षा सतर्कता चिन्ह राख्ने काम पनि भइरहेको छ । 
मुग्लिनदेखि नारायणगढसम्मको सडक बढी जोखिममा रहेको भन्दै सो क्षेत्रमा ट्राफिक चेकजाँच थप कडा पारिएको डीआईजी जोशीले बताए । त्यस्तै, सडकका संवेदनशील क्षेत्रहरूमा सवारीसाधन ठोक्किँदा सिधै त्रिशूलीमा नखस्ने गरी प्यारामिटर र ग्याभिन बार लगाइने भएको छ ।  
काठमाडौँबाट पोखरातर्फ जाने–आउने सवारीसाधनलाई मुग्लिनमा, पूर्वबाट आउने सवारीसाधनलाई चितवनको भण्डारामा र पूर्व जाने सवारीसाधनलाई गोन्द्राङमा कडाइका साथ चेकजाँच थालिएको प्रहरीले जनाएको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १२, २०७३  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC