site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाल यूएईसँग ७ विकेटले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत अन्तिम तथा सातौं चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ । घरेलु टोली युनाइटेड अरब इमिरेट्ससँग नेपाल ७ विकेटले पराजित भएको हो ।

२२२ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको युएईले निर्धारित ओभर सकिन २५ बल बाँकी छदा ३ विकेटको क्षतिमा लक्ष्य पुरा ग¥यो । युएईका लागि घुलाम सबिरले नटआउट नटआउट ८१ रन बनाए । उनले ८ चौका प्रहार गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, युएईका कप्तान रोहन मुस्ताफाले ६२ रन बनाए । उनले ७१ बलको सामना गर्दै ७ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, युएईका लागि रमिज शाहजादले ३७ रन बनाए ।

नेपालका लागि सन्दिप लामिछाने र शरद भेषवाकरले समान १–१ विकेट लिए । नेपाली बलरले राम्रो बलिङ गर्न नसक्दा हार ब्यहोर्नु प¥यो । यता, नेपालले फितलो फिल्डिङ गरेको थियो ।

Global Ime bank

शेख जायद क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ६ विकेट गुमाएर २२१ रन बनाएको थियो । नेपालको सम्मानजनक स्कोरको लागि शरद भेषवाकर र उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक बनाए । क्रिजमा टिकेर खेलेका शरदले अविजित रहँदै ८१ रन बनाए । शरदले ९५ बलको सामना गर्दै पाँच चौका प्रहार गरे । त्यस्तै बसन्त रेग्मी १४ रनमा अविजित रहे ।

त्यस्तै नेपालको लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ८३ बलमा ६ चौकासहित ५४ रन बनाए । त्यसबाहेक नेपालका कप्तान पारस खड्का र सोमपाल कामीले समान २०–२० रन बनाउँदा ओपनर दिलिप नाथ १६ रन बनाएर पेभेलियन फर्किए ।

यस्तै, नेपालका विनोद भण्डारी ४ तथा आरिफ शेख शून्य रनमा आउट भए । युएईका जाहुर खानले २ तथा अहमेद राजा, मोहमद नाभिद र रोहन मुस्ताफाले समान एक एक विकेट लिए ।

नेपालले घरेलु टोलीविरुद्ध शुक्रबार दोस्रो खेल खेल्नेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC