ad

अर्थ व्यवसाय

१२ अंकले बढ्यो नेप्से

काठमाडौं । निर्वाचनको अघिल्लो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) ११.६७ अंकले बढेकोे छ । परिसूचक बढेर १५ सय ३६.५४ बिन्दूमा पुगेको छ । बुधबार एउटाबाहेक सबै समूहको परिसूचक बढेको छ । मंलबारमा भने सेयर बजार सामान्य अंकले गिरावट आएको थियो । 

बुधबार १६६ कम्पनीहरुको ५ हजार ८०४ कारोबारबाट १२ लाख ५३ हजार ८०५ कित्ता सेयरको खरिद बिक्री भएको थियो । सो खरिदबिक्रीबाट ६७ करोड ९३ लाख ५४ हजार ४९३ बराबर रकम परिचालन भएको छ । मंगलबारको तुलनामा समग्रमा परिसूचकहरु बढेका छन् ।

कारोबारमा रहेको नौ समूहमध्ये व्यापारबाहेक सबैको परिसूचक बढेको छ । सबैभन्दा बढी बिमा समूहको सेयर ६८.६३ अंकले बढेको छ । त्यस्तै हाइड्रोपावरको ३२.१, होटेलको २८.०९, माइक्रोफाइनान्सको २४.५८ अंकले बढेको छ भने व्यापारको २.४५ अंकले घटेको छ ।

तपाईंको मत