काठमाडौं । बलिउड अभिनेत्री कंगना रनावत एक पटक फेरि चर्चामा आएकी छन् । यस पटक उनी दीपिका पादुकोणको फिल्म ‘पद्मावती’ लाई लिएर चर्चामा आएकी हुन् ।
हालै ‘दीपिका बचाऔं’ आन्दोलनमा कंगना रनावतले दीपिकाको समर्थन नगर्ने खबर सार्वजनिक भएको थियो । मिडिया रिपोर्टका अनुसार कंगनाले यो खबरको खण्डन गर्दै आफू दीपिकाको साथमा रहेको बताएकी छन् ।
कंगनाले दीपिका पादुकोणलाई आफ्नो समर्थन भए पनि शबाना आजमीका कारण थोरै असहज भएको बताएकी छन् । शबाना आजमी र उनको राजनीतिबाट आफूले टाढै बस्न चाहेको कंगनाको भनाइ छ ।
कंगना अहिले फिल्म ‘मणिकर्णिका’ मा व्यस्त छन् । बी विजयेन्द्रको कथामा बनिरहेको फिल्मलाई कृषले निर्देशन गरिरहेका छन् । कथाकार बी विजयेन्द्र फिल्म ‘बाहुबली’ का निर्देशक राजामौलीका पिता हुन् । उनले फिल्म ‘बाहुबली’ का दुबै भागको कथा लेखेका हुन् । कंगनाको यो नयाँ फिल्म आगामी वर्ष २७ अप्रिल मा रिलिज हुने बताइएको छ ।