site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मोफसलका विमानस्थलमा पार्किङ थपिँदै   
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले मोफसलमा रहेका विमानस्थलको स्तरोन्नति गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान पार्किङको चाप बढेपछि सरकारले काठमाडौं उपत्यकाबाहिरका विमानस्थलमा पनि पार्किङ गर्न मिल्ने गरी स्तरोन्नति गर्न लागेको हो । 

“काठमाडौंको जनसंख्या र व्यापारको हिसाबले पनि हब भएकाले सबै विमान कम्पनी यहीँबाट उडान भर्न खोज्छन्, त्यही भएर यहाँ उडानदेखि पार्किङको समेत चाप बढेको छ,” त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भन्छन्, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेक अन्य विमानस्थलमा पनि पार्किङ गर्न मिल्ने गरी विमानस्थल स्तरोन्नति गर्दै जानुपर्ने भएकाले सरकारले यस्तो निर्णय गरेको हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

विराटनगर, भैरहवा, धनगढीलगायत विमानस्थलका थप पार्किङ निर्माणका लागि बजेटसमेत नागरिक उड्ययन प्राधिकरणले छुट्याएको छ । कम्तिमा थप दुईटा विमान पार्किङ गर्न सक्ने पार्किङस्थल बनाउने उद्देश्यले प्राधिकरणले बजेट विनियोजन गरेको हो । स्रोतका अनुसार दुईटा विमान पार्किङको संरचना बनाउन २० करोड रुपैयाँभन्दा माथि लाग्छ भने कम्तिमा एक वर्ष समय लाग्छ । 

सरकारी प्रक्रिया ढिलो भएकाले पनि एक वर्ष लाग्ने विमानस्थलले जनाएको छ । पर्यटक आगमनको सिजनमा यो समस्या झनै धेरै हुने गरेको छ । अफसिजनमा विमान होल्डको खासै समस्या नभए पनि सिजनमा भने एयर ट्राफिकका कारण लामो समय आकाशमै विमान होल्ड गर्नुपर्ने अवस्था रहेको छ । विमान आकासमा होल्ड हुनु विमान कम्पनीका लागि व्यावसायिक हिसाबले ठूलो घाटा हो भने सेवाको नजरबाट पनि कमजोर अवस्था मानिन्छ । “अहिले त पर्यटकको सिजन सकिसकेको छ, त्यसैले होल्डको ठूलो समस्या छैन तर, फेब्रुअरी सुरु हुनेबित्तिकै पर्यटकको सिजन सुरु भएपछि अन्तर्राष्ट्रिय विमानले धेरै फ्लाइट गर्न थालेपछि फेरि उही समस्या देखिन थाल्छ, त्यसैले त्यो भन्दा अगाडि नै विकल्प खोजिसक्नु पर्नेछ ।” 

Global Ime bank

बुद्ध, यति, सौर्य, श्रीलगायतका अधिकांश आन्तरिक हवाई विमान सेवा कम्पनीहरुसँग एटीआर–७२ विमान भएकाले विस्तारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पार्किङका हिसाबले पनि अपुग भइसकेको छ । तर आवश्यक पूर्वाधार निर्माण नहुँदा सेवा प्रदायक तथा सेवाग्राहीले समस्या भोग्दै आएका छन् । 

विमान तथा हवाई कम्पनीको चाप बढ्दै गएपछि प्राधिकरणले राति पनि उडान भर्न सक्ने गरी तराईका धनगढी तथा भद्रपुर एयरपोर्टमा पनि पूर्वाधारको विकास गर्ने जनाएको छ । प्राधिकरणले आर्थिक वर्ष २०७४–०७५ भित्र यो पूर्वाधार विकास गर्ने जनाएको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै विराटनगर, नेपालगन्ज, भैरहवा र सिमरा विमानस्थलले रात्रिकालीन सेवा दिँदै आएका छन् । 

एयर ट्राफिकिङमा सहजता लागि अर्को अन्तर्राष्ट्रिय विमानस्थल अथवा काठमाडौं नजिकै डोमेस्टिक एयरपोर्टको आवश्यक रहेको प्रवक्ता ठाकुर बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC