site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
ट्रम्पको जित, यात्रा प्रतिबन्धलाई सर्वोच्च अदालतको समर्थन
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ मुसलमान देश विरुद्ध लगाएको यात्रा प्रतिबन्धको निर्णयलाई समर्थन गर्दै लागु गराउन निर्देशन दिएको छ । 

यसअघि तल्लो अदालतहरुले यस निर्णयमाथि रोक लगाएका थिए तर सर्वोच्च अदालतका नौमध्ये सात न्यायधीशले ट्रम्प प्रशासनको यो फैसलालाई स्वीकार गरेपछि अब भने यसलाई लागु गरिने भएको हो । तर चाड, ईरान, लीबिया, सीरिया, सोमालिया र यमनमाथिको यात्रा प्रतिबन्ध सम्बन्धी अझै कानूनी चुनौतिहरु बाँकी रहेको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जनवरीमा सत्ता सम्हालेपछि राष्ट्रपति ट्रम्पले यात्रा प्रतिबन्ध सम्बन्धी विवादास्पद नीति जारी गर्ने घोषणा गरेका थिए । 

उनको यस निर्णयप्रति धेरैले विरोध जनाएपनि उनी पछि हटेका थिएनन् । तल्ला अदालतहरुले समेत यसलाई ट्रम्पको मुसल्मान विरुद्धको नीति भन्दै खारेज गर्दिएका थिए ।

Global Ime bank

अब भने यसै हप्ता सेनफ्रेनसिस्को र रिचमंडमा यसलाई कानूनी रुप दिनेबारे सुनुवाई हुने बताइएको छ । 

अमेरिकी अधिवक्ता जेफ सेसनले सर्वोच्चको यस निर्णयलाई अमेरिकी जनताका सुरक्षाका हिसाबले एकदम सही भएको बताएका छन् । तरपनि हालै ट्रम्पले गरेका मुसल्मान विरोधी ट्वीटका कारण यसको विरोध गर्ने पनि थुप्रै छन् । गत सेप्टेम्बरमा पनि ट्रम्पले ९० दिनका लागि मुसल्मान शरणार्थीहरुलाई अमेरिका प्रवेश गर्नमा प्रतिबन्ध लगाएका थिए । त्यसकारण ट्रम्प खुलस्त रुपमा मुसल्मानहरुको विरुद्धमा लागिरहँदा पनि सार्वोच्चले उनको समर्थन गरेकामा धेरैले आपत्ति जनाएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर २०, २०७४  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC