site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुरक्षा निकायको निष्कर्षः लगातार बम विस्फोट गराउने विप्लवकै कार्यकर्ता हुन्, तर राजनीतिक ‘कनेक्सन’ छ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । सोमबार दिउँसो काठमाडौंको बुढानिलकण्ठमा नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं ४ का कांग्रेस उमेदवार गगन थापालाई लक्षित गर्दै बम प्रहार भयो ।
काठमाडौंको मुटुमा दिउँसै भएको यो बम आक्रमणको निन्दा गर्दै थापाले सरकारसँग यसको जवाफ माग गरेका छन् ।

“सरकारले यसको जवाफ दिनुपर्छ,” घाइते अवस्थामा रहेका थापाले काठमाडौंमा सोमबार बेलुकाको चुनावी सभालाई सम्बोधन गर्दै भने । त्यतिमात्रै होइन, नेपाली कांग्रेस उदयपुरका उमेदवार नारायण बहादुर कार्कीले अहिले त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् ।

उनले अस्पतालको शैयाबाटै मतदातासँगै सोमबार नै अपील गर्दै मत मागेका छन् । सोमबार नै प्रधानमन्त्री शेर बहादुर देउवा धनगढीमा रहेको होटल नजिकै बम विस्फोट गराइयो ।

Agni Group

प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव आउन दुईदिन मात्रै बाँकी रहँदासम्म लगातार बम विस्फोट भएका छन् । यसअघि प्रधानमन्त्री सहभागी भएको दाङको कार्यक्रममा बम विस्फोट हुँदा म्यादी प्रहरी विनोद चौधरीको मृत्यु नै भयो ।

तर पनि बम कसले पड्काइरहेको छ ? भन्ने कुरा सरकारले भन्न सकेको छैन । लगातार बम पड्काउने को हो त ? बाह्रखरीको प्रश्नमा सुरक्षा निकायका एक उच्च अधिकारी विश्वासका साथ भन्छन्–विस्फोट भएकामध्ये ९० प्रतिशत बढी विप्लव नेतृत्वको नेकपा माओवादीकै कार्यकर्ताको हात छ ।”

Global Ime bank

त्यसो भए किन पक्राउ र नियन्त्रणमा लिन नसकेको त ?– उनको जवाफ थियो, “अहिलेसम्म हामीले करिब ८ सय जनालाई पक्राउ गरिसकेका छौं । त्यसमध्ये ५८० जना विप्लवकै कार्यकर्ता भएको पुष्टि भएको छ । केही फाइदा उठाउन खोज्ने पनि रहेछन् । केही अनुसन्धानकै क्रममा छन् ।”

बाह्रखरीको जिज्ञासामा उनले भने, “अहिले नियन्त्रण गर्नै नसक्ने अवस्था भने होइन । तर राजनीतिक दबाब यस्तो बेलामा निरन्तर आइरहेको छ ।”
उनका अनुसार स्थानीय तहको निर्वाचन भन्दा अघि नै विप्लव नेतृत्वको माओवादीले गरेको आन्तरिक तयारीका बारेमा सरकारलाई जानकारी गराइएको थियो ।
तर सरकारले सुनुवाई गरेन । 

“अहिले त मैले यसलाई फिसिङ गेम भन्ने गरेको छु,” ती सुरक्षा अधिकारीले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा भने, “समुद्रबाट पहिले माछा समातियो । माछामा चिन्ह लगाइसकेपछि फेरि समुद्रमै छाडियो अब अहिले त्यही चिन्ह लगाएको माछा चाहिएको छ ।”

उनले अझै प्रष्ट पार्दै भने, “स्थानीय तहको निर्वाचनका बेला पक्राउ परेकामध्ये धेरैजसोलाइ अहिलेका प्रमुख दलले नै आफ्ना कार्यकर्ता भएको भन्दै रिहाइका लागि दबाब दिए । अहिले उनीहरु नै बम आक्रमणमा उत्रिएका छन् ।”

ती अधिकारीले अहिले पनि विप्लव नेतृत्वको माओवादीका कुनै न कुनै तहका नेताहरुसँग प्रमुख दलका नेताहरुको साँठगाँठ छ ।

“अहिले पनि फलानो जिल्लामा मलाई सहयोग गर्नुपर्यो भनेर तिनै नेताले विप्लव नेतृत्वको माओवादीका नेताहरुसँग आग्रह गरिरहेको हामीले सूचना पाएका छौं,” ती अधिकारीले भने, “तर बाहिर उनीहरु नै विध्वंसात्मक गतिविधिमा सक्रिय भएका छन् ।”

यसले गर्दा सुरक्षा निकायलाई काम गर्न समस्या भएको उनको भनाई छ ।

उनले जस्तै प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि चुनाव विरोधी भएको गतिविधिमा विप्लव नेतृत्वकै माओवादी कार्यकर्ताको हात रहेको बताए ।

“समातिएका सबै विप्लवकै कार्यकर्ता होइनन् तर धेरैजसो हुन्,” डीआईजी न्यौपानेले भने, “यसबाहेक केही यस्तो बेलामा फाइदा लिन खोज्नेहरु पनि छन् । उनीहरुका बारेमा अनुसन्धान हुँदैछ ।”

प्रहरीका अनुसार सिरहामा केहीदिन अघि प्रहरीलाई गोली हान्ने माओवादी केन्द्रकै कार्यकर्ता रहेको पुष्टि भएको छ ।
 

फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC