site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गगन थापामाथि बम आक्रमण, महाराजगञ्जमा उपचार हुँदै 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडभरिले जानकारी दिए ।

Agni Group

उनका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बमको छर्रा लागेर थापा पनि घाइते भएका छन् । उनीसहित ५ जना घाइते भएका छन् ।
घाइते सबैलाई अहिले शिक्षण अस्पताल लगिएको छ । थापाको कान र ढाडमा चोट लागेको छ । उनको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।

“गगन दाइलाई लक्षित गरी हानिएको बमले उहाँको ढाड र कानमा चोट लागेको छ,” मुडभरिले भने, “उहाँसहित अन्य ५ जना घाइते हुनुभएको छ । सबैलाई अहिले शिक्षण अस्पताल ल्याइएको छ । उहाँलाई नै लक्षित गरी हानिएको बम नजिकै खसेको थियो ।”

Global Ime bank

प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।

घाइतेहरुमा जयराज लामिछाने, राजकाजी श्रेष्ठ, धु्रब खड्का, पूर्ण बहादुर श्रेष्ठ, रेणु बढुवाल, श्याम कृष्ण श्रेष्ठ, सुमन खड्का, गगन थापा, रवीन्द्र कार्की, कविलाल श्रेष्ठ र पर्शुराम थापा रहेको अस्पतालले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC