site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
गगन थापामाथि बम आक्रमण, थापासहित ५ जना घाइते 
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा काठमाडौं क्षेत्र नम्बर ४ का कांग्रेस उमेदवार गगन थापामाथि काठमाडौंमा बम आक्रमण भएको छ ।

काठमाडौंको बुढानिलकण्ठ वडा नम्बर २ मा घरदैलो अभियानमा रहेका बेला बम प्रहार भएको थियो । बम हान्ने व्यक्ति फरार भएको थापाका सहयोगी सविन मुडवरीले जानकारी दिए ।

Agni Group

उनका अनुसार घरदैलो अभियानमा हिँडिरहेका बेला एक्कासी बम हानिएको थियो । बमको छर्रा लागेर थापा पनि सामान्य घाइते भएका छन् । उनीसहित ५ जना घाइते भएका छन् ।

घाइते सबैलाई अहिले शिक्षण अस्पताल लगिएको छ ।

Global Ime bank

“गगन दाइलाई लक्षित गरी हानिएको बमले उहाँको ढाड र कानमा चोट लागेको छ,”मुडवरीले भने, “उहाँसहित अन्य ५ जना घाइते हुनुभएको छ । सबैलाई अहिले शिक्षण अस्पताल ल्याइएको छ ।”
प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले पनि बम हान्नेहरुको खोजी भैरहेको बताउँदै थापासहितका घाइतेलाई अस्पताल ल्याइएको जानकारी दिए ।
\"\"

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर १८, २०७४  १३:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC