बुचारेस्ट (रोमानिया), ११ भदौ । रोमानियाका प्रधानमन्त्रीले यूरोपियन युनियनले टर्कीसँग जारी राखेको वार्तालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
टर्कीमा असफल राज्य विद्रोह ‘कु’ पछिको अवस्थालाई एकतर्फी मूल्याङ्कन गर्दै टर्कीसँगको वार्तालाई निरन्तरता दिन नसक्ने हो भने यसको असर इयू सदस्य राष्ट्रमा समेत पर्ने प्रधानमन्त्री डेसिएन किओलसले बताए ।
उनले भने, “ब्लाक सी क्षेत्रमा सुरक्षा र स्थायित्वका लागि टर्कीको भूमिका महत्वपूर्ण छ । टर्कीले युरोपमा पर्ने आप्रवासी प्रवेशको तनावलाई नियन्त्रण गर्न सक्छ । त्यसकारण इयूले टर्कीसँगको सहकार्यलाई निरन्तरता दिनुपर्छ ।”
टर्कीमा वैवाहिक समारोहमा आत्मघाती आक्रमण हुँदा ५४ जनाको मृत्यु भएको, असफल कु प्रयासमा सयौँ मानिसले ज्यान गुमाएको र शुक्रबार भएको एक कार बम विष्फोटमा ११ जना प्रहरी अधिकरीको मृत्यु भएका छन् ।
टर्कीको राजनीतिमा देखिएको आरोहअवरोधका बीचमा वार्तालाई निरन्तरता नदिएसम्म यसबाट इयूलाई समेत प्रभाव पार्न सक्ने हुँदा टर्कीसँगको इयूको सहकार्य अघि बढ्नु जरुरी छ, उनको दाबी थियो । रासस/एपी