site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
ऋण काढेर घर बनाउँदै भूकम्पपीडित
Sarbottam CementSarbottam Cement

मेलम्ची (सिन्धुपाल्चोक) । देशभर चुनावी सरगर्मी सुरू हुँदा सिन्धुपाल्चोकका भूकम्पपीडितलाई भने घर बनाउने चटारो छ । भूकम्पको दुई हिउँद र तीन वर्षा बितिसक्दा समेत सिन्धुपाल्चोकमा पुनर्निर्माणले गति लिन नसकेपछि पीडितहरू आफैँ घर बनाउन कस्सिएका हुन् । र, उनीहरू ऋण काढेरै घर बनाउन थालेका छन् ।

०७२ सालको भूकम्पको केन्द्रविन्दू उत्तरी गोरखाको बारपाक भए पनि सर्वाधिक क्षति सिन्धुपाल्चोकले बेहोर्यो । झन्डै ५ हजार मानिसले सिन्धुपाल्चोकमा मात्रै ज्यान गुमाए भने ९८ प्रतिशत घरहरू खण्डहर बने ।

भूकम्पको ३१ महिना हुँदासमेत सिन्धुपाल्चोकमा दश प्रतिशतसमेत घर बन्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो किस्ता लिएको १५ महिनापछि जग

मेलम्ची–४ का हरिहर खनालले गत वर्षको असोजमै लिएका हुन् पहिलो किस्ता । तर, उनले भर्खरमात्रै घरको जग खनेका छन् । “सरकारले दिएको ५० हजार घडेरी खार्दै सकिइहाल्यो,” उनले बाह्रखरीसँग भने, “पैसा नभएपछि ऋण काढेर घर बनाउन सुरू गरेको हुँ ।”

Global Ime bank

त्यस्तै, मेलम्ची–४ कै मधुसुदन खनालले पनि सरकारले दोस्रो किस्ता समयमै उपलब्ध नगराउँदा घर निर्माणमा ढिलाइ भएको दुखेसो पोखे ।

“पुनर्निर्माणका कर्मचारीको उदासिनता र पट्यारलाग्लो मापदण्डका कारण समयमै घर निर्माण गर्न सकिएन,” उनको भनाइ थियो ।

दोस्रो किस्ता दिन ढिलासुस्ती गर्दा पीडित घर बनाउन हच्किए

साविक थकनी गाविसमा करिब एक हजार २० घर बस्नै नमिल्नेगरी क्षतविक्षत भए । तर, हालसम्म १०८ पीडित घरपरिवारले दोस्रो किस्ता पाएका छन् भने करिब १०० घरपरिवारले दोस्रो किस्ताको फारम बुझाएका छन् ।

“दोस्रो किस्ताको रकम आउन ढिला भएकाले पीडितहरू घर बनाउन हच्किए,” मेलम्ची–४ का पुनर्निर्माण समन्वय समिति संयोजक राजेन्द्रराज खनालले बाह्रखरीसँग भने, “पीडितहरूसँग पैसा नभएकाले घर बनाउन सकेनन् ।”

सरकारले बनाएको मापदण्डअनुसार घर बनाउँदा लागत खर्च बढेकाले पीडितहरूले घर बनाउन नसकेको उनको तर्क थियो । त्यस्तै, निर्माण सामग्रीको अभाव र बाटोघाटो नहुँदा पनि पुनर्निर्माणले गति लिन नसकेको उनले बताए । 

सरकारी अनुदान सहानुभूतिमात्रै

पुनर्निर्माण समन्वय समितिका संयोजक खनालले सरकारले घर बनाउन दिएको अनुदार सहानभूतिमात्रै भएको जिकिर गरे । “मापदण्ड मुताविक घर बनाउन कम्तीमा सात लाख रुपैयाँ खर्च हुन्छ । पीडितले ऋण काढेर घरको जग हालेका छन्,” उनले थपे, “दैवी प्रकोपमा सरकारले समेत सघाउँदो रहेछ भन्नेमात्रै हो राहत अनुदान । त्यति पैसाले घर बनाउन पुग्दैन ।”

उनले सिन्धुपाल्चोक जिल्लामा तेस्रो किस्ता रकम लिनेको संख्या न्यून भएको बताए । पटकपटक सरकार फेरिने, प्राधिकरण प्रमुख बदलिने गर्दा पुनर्निर्माण सरकारको प्राथमिकताका नपरेको उनको बुझाइ थियो ।

कोहलपुरका कर्मी

ऋण काढेर पैसाको जोहो गरे पनि सिन्धुपाल्चोकका पीडितले घर बनाउन सकेका छैनन् । निर्माण सामग्रीको अभाव त छँदैछ, काम गर्ने दक्ष जनशक्तिको अभाव हुँदा पुनर्निर्माण सुस्त देखिएको छ ।

मेलम्ची नगर क्षेत्रमा घर बनाउन कोहलपुर, दैलेख, दार्चुलादेखिका कर्मी पुगेका छन् । र, उनीहरूले ठेक्कामा घर बनाइरहेका छन् । सोमबार स्थलगत रिपोर्टिङका लागि बाह्रखरीकर्मी मेलम्ची नगर क्षेत्र पुग्दा कोहलपुरका सचिन रोका माटो मुछ्दै थिए । चार महिना भयो उनी त्यसरी घर बनाउन खटिएको । त्यसक्रममा उनीहरूले दुई वटा घर ठड्याइसकेका छन् । र, एउटा घर निर्माणाधीन छ ।

“यतातिर काम गर्ने जनशक्तिको अभाव छ । भएका पनि सीपयुक्त छैनन् । प्रायः बाहिरकै कामदार छन्,” उनले भने ।

त्यस्तै तर्क छ, उनकै साथी वीरबहादुर रानाको पनि । उनी मिस्त्री हुन्, कोहलपुरकै । “सरकारले तोकेको मापदण्डअनुसार घर बनाउन दक्ष कर्मी चाहिन्छ । सामान्य कर्मीले बनाउन सक्दैन । हामीले त भारत गएर मजदुरी गर्दा घर बनाउन सिकेका हौँ,” उनले प्रष्ट्याए ।

उनका अनुसार पहिला रोजगारीको लागि भारत पुग्ने मजदुरहरू अहिले पुनर्निर्माणमा खटिएका छन् । त्यसो त प्राधिकरणकै पहलमा भूकम्प प्रभावित क्षेत्रमा घर बनाउने तालिम नदिइएको पनि होइन । त्यसबाट मिस्त्रीसमेत तयार भए । तर, त्यो पर्याप्त नभएको वीरबहादुर बताउँछन् । “मानिसहरू वैदेशिक रोजगारीमा गएका छन् । हुर्किएका लोग्ने मानिस घर बस्दैनन् । कतिपय सहरी क्षेत्रमा बस्छन् । गाउँमा ढुंगामाटोको काम गर्ने मानिस छैनन्,” उनले भने ।

उनले पनि सरकारले दिएको तीन लाख अनुदानले घर बनाउन नपुग्ने बताए । “मापदण्डअनुसार ३ लाख त ज्यालै पर्छ । फेरि कतै त ढुंगासमेत पाइँदैन, किन्नुपर्छ । कहाँबाट त्यति पैसाले पुग्नु,” उनको भनाइ थियो ।

उनका अनुसार अहिले मिस्त्रीले दैनिक एक हजार र ज्यामीले ८ सय रुपैयाँ ज्याला लिने गरेका छन् । ३ जना मिस्त्री र दुई जना ज्यामीलाई एउटा घर बनाउन कम्तीमा ३० दिन लाग्छ । मापदण्ड उस्तै गाह्रो र पुनर्निर्माणमा खटिएका कर्मचारी समयमै उपलब्ध नहुने कारणले गर्दा निर्माण ढिला भएको उनको ठम्याइ छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०७४  १२:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC