site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
किमको हाँस्दै गरेको तस्बिर सार्वजनिक भएपछि ट्रम्पले फेरि दिए अर्को धम्की !
Ghorahi CementGhorahi Cement

काठमाडौं । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली मिसाइलको सफल परीक्षण गरेपछि नेता किम जोङ उन हर्षित हुँदै आफ्ना समर्थकहरुका साथ ताली बजाइरहेको तस्बिर सार्वजनिक भएको छ । 

अमेरिकादेखि लन्डनसम्मका जुनसुकै देशलाई पनि सहजै हमला गर्न सक्ने मिसाइलको सफलतापूर्ण निर्माणपछि किमले आफ्ना सहयोगीहरुका साथ खुसीयाली मनाएको देख्न सकिन्छ । 

Agni Group

गत १० हप्तादेखि शान्त रहेको उत्तर कोरियाले अचानक नयाँ मिसाइल परीक्षण गरेर विश्वलाई फेरि त्रासमग्न बनाएको हो । यता किमले हाँस्दै उत्सव मनाइरहेका छन् भने उता अमेरिकी राष्ट्रपति ट्रम्पले फेरि अर्को धम्की दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  

यस घटना लगत्तै राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई चर्को जवाफका रुपमा अझ कडा प्रतिबन्धको तयारी गरिरहेको चेतावनी दिएका हुन् । यसबारेमा उनले चीनका राष्ट्रपति सि जिङपिङसँग उत्तर कोरियामाथि थप दबाब पैदा गराउन आग्रह समेत गरिसकेको बताएका छन् । 

Global Ime bank

उत्तर कोरियालाई पूर्ण रुपमा रोक्न सक्ने क्षमता चीनसँग मात्र रहेको भन्दै ट्रम्पले जिङपिङसँग यस्तो सल्लाह गरेको ट्वीटरमार्फत जानकारी दिएका हुन् । उत्तर कोरियालाई सहमतिमा ल्याउन चीनले महत्वपूर्ण भूमिका खेल्न सक्ने ट्रम्पको भनाइ रहेको छ । 

यता ट्रम्पको बयानलाई सधैँझैँ बेवास्ता गर्दै आइरहेका किमले भने मिसाइल परीक्षण लगत्तै गर्भका साथ आफ्नो सफलताको घोषणा गरेका थिए । 

‘रकेट म्यान’ भन्दै बारम्बार नेता किमलाई अपमानित गरिरहेका राष्ट्रपति ट्रम्पले अनेकौँ कोशिश गरिसक्दा पनि उत्तर कोरियालाई रोक्न असफल भइरहेका छन् । उत्तर कोरियाको हालका गतिविधि हेर्दा त ट्रम्पले त्यस देशविरुद्ध उठाएको कदमले किमलाई युद्धका लागि झनै प्रोत्साहित गरिरहेको संकेत गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०७४  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC