site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेयमार र काभानीको गोल, पिएसजीलाई १० अंकको अग्रता  
Sarbottam CementSarbottam Cement

एजेन्सी । फ्रेन्च लिग लिग वान फुटबलमा पेरीस सेन्ट जर्मेन (पिएसजी) ले ट्रोयसलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा शिर्ष स्थानको पिएसजीले ट्रोयसलाई २ – ० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीको जितमा नेयमार र एडिनसन काभानीले समान एक एक गोल गरे । काभानीले पेनाल्टीमा गोल गर्न नसकेपछि पिएसजीले पाहुना टोली ट्रोयससँग पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको ४१ औं मिनेटमा पाएको पेनाल्टीमा काभानी गोल गर्नबाट चुकेका थिए । तर, दोस्रो हाफमा पिएसजीले नेयमारको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । खेलको ७३ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । त्यसपछि खेलको ९० औं मिनेटमा काभानीले गोल गर्दै पिएसजीलाई २ – ० को जित दिलाए ।

यो जितसँगै पिएसजीले लिगमा १० अंकको अग्रता कायम राखेको छ । लिग लिडर पिएसजीले १५ खेलबाट ४१ अंक जोडेको छ । पराजित ट्रोयस १८ अंक जोडेर १३ औं स्थानमा छ । दोस्रो स्थानको मार्सेलीको ३१ अंक छ । मार्सेलीले बुधबार राति मेट्जलाई ३ – ० ले हराएको थियो ।

Global Ime bank

फ्रेन्च लिग अन्तर्गत नै बुधबार राति भएको अन्य खेलमा लियोन लिलीसँग २ – १  ले पराजित हुँदा मोनाको पनि नन्टेससँग १ – ०  ले पराजित भयो । पराजित लियोन र मोनाको समान २९ अंक जोडेर लिगको तेस्रो र चौथो स्थानमा छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०७४  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC