site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । आरुघाटवासीले भूकम्पपछिको पुनःनिर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरेका छन् । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान आरुघाटवासीले सामूहिक भेट गरी भूकम्पपछिको पुनःनिर्माणसँगै जलाशाययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष प्राथमिकतामा राख्न आग्रह गरे । 
 
बूढीगण्डकी जलविद्युत् आयोजनाका कारण डुबानमा पर्न सक्ने बस्तीको उचित व्यवस्थापन गर्न पनि आरुघाटवासीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । 
 
प्रधानमन्त्री दाहालले आफ्नो युवा अवस्थामा आरुघाटको बसाइँ र अध्यापनले आफ्नो राजनीतिक जीवनमा सधैँ ऊर्जावान् भएको भन्दै त्यहाँको विकासका लागि सक्दो सहयोग गर्ने बचन दिए । 
 
“आरुघाटमा अढाई र तीन वर्ष अध्यापन गरें । त्यो बसाइँ मेरो राजनीतिक जीवनमा सधैँ ऊर्जाको स्रोत बनिरह्यो । जीवनमा जुनकुनै उतारचढावमा पनि तपाईंहरुसँग बिताएका ती दिनहरु कहिल्यै विस्मृतिमा गएनन्”–प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनका उपस्वकीय सचिव मनहरि तिमिल्सिनाले जानकारी दिए ।  
 
प्रधानमन्त्री दाहालले आफू कठिन अवस्थामा प्रधानमन्त्रीमा निर्वाचित भएको भन्दै आफ्नो कार्यकाल उपलब्धिपूर्ण कामका लागि खर्चने प्रतिबद्धता व्यक्त गरे ।  
 
उनले आरुघाटवासीले उठाएका मागमा आफू संवेदनशील भएको भन्दै आफ्नातर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीलाई आरुघाटवासीले सामूहिक बधाई तथा शुभकामना दिँदै सफल कार्यकालका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । रासस 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC