site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अभिनेता ड्वाने जोन्सनको आम्दानी साढे ६ करोड डलर
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
एजेन्सी । यो वर्ष अभिनेता ड्वाने जोन्सन हलिउडकै सर्वाधिक कमाउने अभिनेता बनेका छन् । फोब्र्सले हालै मात्र सार्वजनिक गरेको सूचीमा उनी हलिउडकै सर्वाधिक कमाउने अभिनेतामा दरिएका हुन् ।
उनले यो वर्ष गत वर्षको भन्दा दोब्बर आम्दानी गरेका छन् । उनको यो वर्षको आम्दानी ६ करोड ४५ लाख डलर अर्थात ६ अर्ब ४५ करोड नेपाली रुपैयाँ पुगेको छ । गत वर्ष बढि काउने अभिनेतामा ‘आइरन म्यान’  अर्थात रोबर्ट डानी परेका थिए । रोबर्ट यो वर्ष ३ करोड ३० लाख डलरको आम्दानी सहित आठौं स्थानमा खुम्चिएका छन् ।
दोस्रो स्थानमा ज्यकी चेन परेका छन् । उनको आम्दानी ६ करोड १० लाख डलर छ । जोन्सनले चलचित्र र पर्दा पछाडिका गतिविधि दुवैबाट राम्रो फाइदा लिएका छन् । उनले ‘सेन्ट्रल इन्टेलिजेन्स’ र ‘फास्ट एट’ बाट आफूलाई फिल्म स्टारको रुपमा स्थापित गर्न सफल भएका छन् ।
म्याट डामोनको नामले चिनिदै आएका ज्यासन बर्नेले ५ करोड ५० लाख डलर आम्दानी सहित तेस्रो स्थानमा परेका छन् । उनको यो आम्दानी अघिल्लो वर्षको दाजोमा १२० प्रतिशत बढी हो ।
चौथो स्थानमा टक क्रुज परेका छन् । उनले ५ करोड ३० लाख डलरको आम्दानी गरेका छन् । पाँचौ स्थानमा जोनी डेप परेका छन् । उनले ४ करोड ८० लाख डलर आम्दानी गरेका छन् ।
आदम स्यान्डलरले पनि फोब्र्सको सूचीमा स्थान बनाएका छन् । उनी ३ करोड डलर आम्दानी सहित १२ औं स्थानमा परेका छन् । 
 
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ११, २०७३  ११:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC