site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
\'तिमी जस्तै बुहारी चाहिएको छ\'
Ghorahi CementGhorahi Cement

२०७२ साल केहीका लागि खुसी बोकेर आयो होला तर धेरैका लागि भने आँसु लिएर आयो । हजारौंले अकालमा ज्यान गुमाए । कैयौं अङ्गभङ्ग भए । वैशाख १२ गतेको त्यो कहालीलाग्दो भूकम्पले हजारौंलाई घरबार बिहिन बनायो । त्यो भूकम्पले अझै छोडेको छैन नेपालीलाई । हजारौं नागरिक अझै पनि खुला आकाश मुनी बस्न बाध्य छन् । त्यही भूकम्पले रजनी केसीका थुप्रै आफन्तलाई लग्यो । 

रजनी पोखरामा थिइन्। चौरको एक छेउमा रमेश उप्रेती गुण्डाहरुलाई ठेगान लगाउँदै थिए । अर्को छेउमा आफ्नो अस्मिता बचाउन रजनी कुदिरहेकी थिइन् । अचानक जमिन हल्लियो । के भो ? के भो ? होहल्ला भयो । भूकम्प गएको रहेछ । छेउछाउका घरबाट मान्छे बाहिर निस्किन थाले । कोकोहोलो मच्चियो ।

‘ब्रास्लेट’को एक्सन कट बन्द भयो । रजनीलाई घरको याद आयो । बुवाआमा र भाइ तारन्तार दिमागमा घुम्न थाले । के भयो होला ? मनमा ढ्याङग्रो बज्न थाल्यो । फोन दाविन् । नेटवर्क व्यस्त । लाग्दै लागेन । धरहरा लड्यो रे ! भन्ने खबर आयो । बसन्तपुरको मन्दिर छैन रे ! भन्ने खबर आयो । काठमाडौंका आधा घर लडे रे !, अस्पतालमा मृतकको शव राख्ने ठाउँ छैन रे !, अस्पतालको आँगनमा राखेर घाइतेको उपचार भैरहेको छ भन्ने खवर आयो । तर, रजनीको फोन लागेन । उनको सात्तो गयो । अबेर राति बल्ल फोन लाग्यो । बुबाले हेलो भनेको आवाज सुनियो । सबैलाई ठिकै छ भनिनसक्दै फोन काटियो । धन्न ! घरका कसैलाई केही भएनछ । मन थामियो । ०७२ को विनासकारी भूकम्पको त्यो दिन अहिले पनि रजनीको दिमागबाट राम्रोसँग उत्रिन सकेको छैन । 

Agni Group

सुटिङ स्पटमा तनाव दिए पनि ‘ब्रास्लेट’ ले स्क्रिनमा भने साथ नै दियो । रमेश उप्रेतीको कमब्याक मुभी थियो । मिडियामा चर्चा थियो  । रमेशसँग स्क्रिन सेयर गरेकी रजनीको पनि चर्चा नै थियो । भलै चलचित्रले बक्स अफिसमा भने उल्लेख्य व्यापार गरेन । तर, रजनी भने नोटिस भइन् । 

० ० ०

Global Ime bank

स्कुलमा सबैले डाक्टर, पाइलट वा इन्जिनियर बन्नुपर्छ भन्थे । कसैले ठूलो भएपछि के बन्ने नानु भनेर सोध्नेलाई रजनी डाक्टर बन्छु भनिदिन्थिन् । तर, उनलाई डाक्टर बन्न के गर्नुपर्छ भन्ने थाहा थिएन । समय बित्यो । उमेर बढ्यो । रहर र आकांक्षा पनि बढे । समयको हुरीसँगै उनको जिन्दगीको लक्ष्य पनि बदलियो । अब के बन्ने नानी पढिसकेर भन्नेहरुलाई दिने जवाफ पनि बदलियो । भन्न थालिन्,म त सेकेण्ड लेफ्टिनेन्ट बन्ने हो । उनको बुवाको चाहना पनि उनलाई आर्मी अफिसर बनेको हेर्ने रहर थियो । “छोरी सेकेण्ड लेफ्टिनेन्ट बन्नुपर्छ,” भन्थे । तर न रजनी सेकेण्ड लेफ्टिनेन्ट भइन् न उनका बुवा रहे । दैबले रजनीबाट छुटाएर बुवालाई माथि लग्यो । छोरीको परिपक्व प्रगति उनले नियाल्नै पाएनन् । 

० ० ०

ऋतुहरु जसरी फेरिन्छन् मान्छेका चाहनाहरु पनि त्यसैगरी नयाँनयाँ पालुवा हाल्दै जान्छन् । रजनीले सिनेमा हेर्न थालिन् । उनलाई त्यसैले लोभ्याउन थाल्यो । फरर... केश उडाएर आकर्षक जिउडाल भएको लोभलाग्दो ठिटोसँग अंकमाल गर्दै कलकल निर्मल पानी बग्ने खोलाको किनारमा अंकमाल गर्ने हिरोइन जस्तै हुन पाए, ओहो ! 

सम्भव छ ?

उनी आफैंले आफैंलाई प्रश्न गर्थिन् ।

सानैदेखि नाच्न सिपालु उनलाई चलचित्र क्षेत्रप्रति मोह थियो । फार्मेसीकी विद्यार्थी भए पनि उनको परिवारलाई रजनीको मनको चाह थाहा थियो । 

रजनीले लिकरको विज्ञापन खेलेकी थिइन् । त्यो फोटो चलचित्र निर्माता छबीराज ओझाले देखेका रहेछन् । उनले रजनीलाई बोलाए । छबीलाई चलचित्र ‘लोफर’ का लागि नयाँ अनुहार चाहिएको थियो । रजनीलाई चलचित्रमा डेब्यू गर्नु थियो । उनले निर्देशक आदित्य विक्रम लम्सालसँग भेटाइदिए । आदित्यले अडिसन लिए । स्क्रिनका लागि स्किन टेस्ट गरे । रजनी ‘रअ’ थिइन् । वर्कसपमा पठाइदिए । 

चलचित्रमा दयाहाङ राई थिए । रजनीलाई थाहा थियो । आर्यन सिक्देल थिए । रजनीलाई थाहा थिएन । छायांकनमा जाने बेलामा थाहा पाइन् आर्यनसँग उनले स्क्रिन सेयर गर्दैछिन् । आर्यनको फ्यान रजनी एक्साइटेड भइन् । पहिलो चलचित्रमै उनले राम्रो ब्यानर भेट्टाइन् । स्टार कलाकार भेटिन् । “सायद म लक्की थिएँ र राम्रो ब्यानर र राम्रा कलाकार एकै पटक भेटेँ । जति ममा त्यो बेला एक्साइटमेन्ट थियो त्यो भन्दा धेरै मैले उहाँहरुबाट धेरै सिक्नुपर्छ र आफूलाई चाँडै ग्रुम गर्नुपर्छ भन्ने थियो,” रजनीले डेब्यू मुभी अनुबन्धको क्षण सम्झिइन् । 

० ० ०    

लोफरमा अभिनय गरिन् । राम्रै प्रतिक्रिया पनि पाइन् । तर, उनलाई चलचित्रको काम ‘अजिव’ लाग्यो । दुई घण्टाको चलचित्र खिच्न २ महिना लाग्ने । एउटै सटका लागि २०–२५ टेक लिनुपर्ने । डविङमा एउटै डाइलग दर्जनपटक सम्म दोहोर्याउनु पर्ने । त्यसैले उनलाई लाग्यो, सामान्य एक्सपिरियन्स भैगयो । अब बाहिर जान्छु । 

सोचेजस्तो हुन्न जीवन जस्तो भोग्यो उस्तै हुन्छ.... । यो गीतले भने जस्तै हो जीवन यथार्थमा । नसोचेको हुँदै जान्छ, त्यसलाई भोग्दै जानुपर्छ । 

नारायण रायमाझीले चलचित्रका लागि अफर गरे । उनले बनाउँदैथिए,‘परदेशी’ । हिरो थिए,इण्डियन आइडल प्रशान्त तामाङ । घरमा सोधिन् । आमाले नारायण रायामाझीले राम्रो चलचिभत्र बनाउँछन् । खेल छोरी भनिन् । उनले आमाको सुझावलाई नकार्न सकिनन् । 

प्रशान्त तामाङ जसलाई उनले इण्डिउन आइडल बनाउन भोट हालेकी थिइन् । दक्षिण एसियाकै प्रतिष्ठित म्युजिकल रियालिटी शोका विजेता प्रशान्त कस्ता होलान् ? जीतको अभिमान होला । अरुलाई गर्ने व्यवहार रुखो होला उनकोे मनमा यस्तै थियो । 

यथार्थ त फरक रहेछ । उनी त शान्त तलाउ पो रहेछन् । मिजासिलो स्वाभाव । सहयोगी बानी । अनि कामप्रतिको उच्च लगाव । काम गर्न सजिलो भयो । 
चलचित्र दसैंको अवसर पारेर रिलिज भयो । सबैले मन पराए । सुपरडुपर हिट भएको चलचित्रले बक्स अफिसमा राम्रो उपस्थिती जनायो । सँगै सेतो पर्दामा पनि रजनीको बलियो उपस्थिती देखियो । उनी चलचित्रमै रत्तिइन् । विदेश जाने उनको मोह भङ्ग भयो । चलचित्रमै रम्ने रहर भयो । 

परदेशी चलचित्रकै प्रोमोशनका लागि उनी पाल्पाको रामपुर पुगेकी थिइन् । त्यहाँ एक बृद्ध महिलाले भनिन्, “नानी मैले मेरो छोराका लागि खोजेको बुहारी तिमी जस्तै हो । सिधा सोझी । घर गरेर खाने । छोरो घराँ नभए पनि घर धानेर बस्ने ।” उनको आशय रजनीलाई बुहारी बनाउन पाए हुन्थ्यो भन्ने थियो । 

रजनी नोस्टाल्जिक हुन्दै भन्छिन्, “त्यो चलचित्रमा मैले जुन चरित्र निभाएकी थिएँ । म त्यस्तै छु र मैले मेरो जिन्दगीमा भोगेको समस्या हो भन्ने उहाँलाई लागेको थियो । तर त्यो पर्दाका लागि गरिएको अभिनय मात्रै थियो ।” 

यस्तै दर्शकको अगाध मायाँ र स्नेहले नै हो रजनीलाई विलेश पलायन हुनबाट छेकेको । यस्तै प्रतिक्रिया र सफलताले हो उनलाई चलचित्रमै रोकिराखेको ।


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC