site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
भारतले परीक्षण गरको ब्रह्मोसका सामु कहाँ छन् चीन र पाकिस्तान ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले बुधवार सुपरसोनिक क्रुज मिसाइल ‘ब्रह्मोस’ को सुखोई लडाकु विमानबाट सफल परीक्षण गरेको छ । भारत र रूसको संयुक्त प्रयासबाट  तयार पारिएको यो मिसाइलको जल र स्थलबाट यसअघि नै सफल परीक्षण गरिएको थियो । बुधबार यसलाई वायुमा पनि सफलतापूर्वक परीक्षण गरिएको बीबीसीले जनाएको छ । 

ब्रह्मोस जल, स्थल र वायुबाट प्रहार गरिने मिसाइल बनेको छ । यस प्रकारको क्षमतालाई ‘ट्रायड’ भनिन्छ । ‘ट्रायड’ को विश्वसनीय क्षमता यसअघि केवल अमेरीका, रूस र सीमित रूपमा फ्रान्ससँग थियो । 

ब्रह्मोसलाई विश्वको सबैभन्दा तिव्र सुपरसोनिक मिसाइल मानिएको छ । जसको रफÞ्तार २.८ म्याक (ध्वनिको रफÞ्तारबराबर) रहेको छ । यस मिसाइलको रेन्ज २९० किलोमिटर छ र यो ३०० किलोग्राम भारी युद्ध सामग्री लैजान सक्दछ । ब्रह्मोस जस्तो क्षमतायुक्त मिसाइल भारतका छिमेकी देश चीन र पाकिस्तानसँग नभएको बताइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चीनको डगफेग मिसाइल

डगफेग (डिएफ)–३१ एजी अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल हो । जो १०,००० किलोमिटरसम्म मार हान्न सक्दछ । यसका साथै मध्यम दूरीको मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल डिएफ–२१ डि पनि छ । यसलाई ‘कैरियर किलर’ पनि भनिन्छ । 

Global Ime bank

यो सूचीमा डिएफ–२६÷डिएफ–१६ जि बैलिस्टिक मिसाइलपनि छ । योसँगै चीनियाँ सेनामा  लामो दूरीवाला अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइललाई अघिल्लो वर्ष समावेश गरिने दावा गरिएको छ । उक्त मिसाइल कयौं परमाणु हतियारहरुलाई एक साथ लैजान सक्षम हुने बताइएको छ । यो नयाँ मिसाइल डगफेग–४१ को गति म्याक १० भन्दा बढी हुने दावा गरिएको छ । 

जुन २०१७ मा चीनको एयरोस्पेस साइन्स एंड टेक्नोलोजी कर्पोरेशन (सीएएससी) ले चीनले हाइपरसोनिक रैमजेट इन्जनयुक्त मिसाइलको सफल परीक्षण गरेको जनाएको थियो । तर चीनसँग अहिलेसम्म जमिन, समुद्र र वायु गरी तीनै स्थानमा प्रहार गर्न मिल्ले मिसाइल छैन् ।

पाकिस्तानको बाबर मिसाइल

पाकिस्तानले जनवरी २०१७ मा बाबर–३ मिसाइल परीक्षण गरेको थियो ।  पाकिस्तानी सेनाले त्यो बेला पनडुब्बीबाट छोड्न सकिने आफ्नो पहिलो क्रुज मिसाइल बाबर–३ को सफल परीक्षण गरिएको दावी गरेको थियो । यसअघि पाकिस्तानसँग समुद्रबाट मार हान्न सक्ने परमाणु क्षमतायुक्त मिसाइल थिएन । यद्यपी बाबर–३ मात्र ४५० किलोमिटरसम्म मात्रै मार हान्न सक्दछ  । पनडुब्बीबाट छोड्न सकिने मिसाइल खतरनाक हुन्छन् किनकी यो लुकेको हुने भएकाले यसको बारेमा जानकारीसम्म मिल्दैन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर ८, २०७४  ०२:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC