site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाम गठबन्धनका काठमाडौंका उम्मेदवारले आफ्नो चुनावी प्रचारका लागि अधिकांश स्थानमा घरदैलो कार्यक्रम सकाएका छन् । 

पार्टी एकताको उद्घोषसहित चुनावी तालमेलमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले हालसम्म १० वटै निर्वाचन क्षेत्रमा करिब ७० प्रतिशत घरदैलो कार्यक्रम सम्पन्न गरेको एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज सावित्रा भुसालले जानकारी दिए ।  

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल क्रमशः क्षेत्र नं २ र ५ का उम्मेदवारसमेत रहेका कारण उनीहरु र अन्य उम्मेदवार घरदैलो कार्यक्रममा व्यस्त बनेका हुन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

प्रतिनिधिसभा सदस्य नर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं २ अन्तर्गत नेता नेपाल बुधबार बिहान कोटेश्वरको घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।  

काठमाडौं क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार अनिल शर्मा आज अनामनगर र घट्टेकुलोमा प्रचारमा निस्कएका थिए ।  

Global Ime bank

एमाले प्रदेश नं ३ का प्रचार विभाग प्रमुख एवं काठमाडौँ क्षेत्र नं २ प्रदेश क का उम्मेदवार सानुकुमार श्रेष्ठले यही मंसिर १७ सम्म घरदैलो कार्यक्रमलाई जारी राख्ने बताए । 
 
क्षेत्र नं ३ का उम्मेदवार तथा काठमाडौं जिल्ला कमिटी अध्यक्ष कृष्ण राईले कोठे भेला, बैठक र सभालाई निरन्तरता दिएको जनाउँदै भने, “मतदाताको घरदैलोमा जाने, उनीहरुसँग भेटघाट गर्ने, समस्या बुझ्नेजस्ता कामलाई हामीले तीव्रता दिएका छौँ, यो काम करिब ७० प्रतिशत पूरा भएको छ ।” क्षेत्र नं ४ मा आज बूढानीलकण्ठ नगरपालिकामा कार्यक्रम भएको थियो । 

क्षेत्र नं ६ मा वाम गठबन्धनका उम्मेदवार झक्कु सुवेदी, प्रदेशका उम्मेदवार काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख केशव स्थापित घरदैलोमा छन् ।  

क्षेत्र नं ८ का उम्मेदवार जीवनराम श्रेष्ठ र एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य विभिन्न भेला, बैठक र घरदैलो कार्यक्रम सहभागी छन् ।  

क्षेत्र न ९ प्रदेश नं १ का उम्मेदवार डा अजय क्रान्ति शाक्यले भीमढुंगा, दहचोक, पुरानो नैकाप, स्युचाटारलगायतका स्थानको ६० प्रतिशत चुनावी प्रचार सकिएको जानकारी दिनुभयो । काठमाडौं क्षेत्र नं ९ मा प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ र क्षेत्र नं १० मा हीतमान शाक्य उम्मेदवार छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, मंसिर ६, २०७४  १९:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC